अन्ततः आउने भएनन् इटालीबाट स्याउका विरुवा

यसअघि नै स्याउका विरुवा ल्याउने कम्पनी छान्न ग्लोवल टेण्डरबाट नेपाल थोका क्षेत्री, एग्रो मनाङ, ल्याबलाइन टे«डर्स र लाइफलाइनले टेन्डर भरेका हुन् । ती कम्पनीहरुको प्राविधिक मुल्यांकन नमिलेपछि खरिद प्रक्रिया रद्द गर्नुपरेको प्रधानमन्त्री आधुनिकीकरण परियोजनाका निर्देशक लक्ष्मण पौडेलले जानकारी दिए ।

काठमाडौं । सरकारले इटालीबाट एक लाख स्याउका विरुवा ल्याउनका लागि प्राविधिक मुल्यांकनको चरणमा रहेका ४ ओटा नेपाली कम्पनी अयोग्य भएका छन् ।

यसअघि नै स्याउका विरुवा ल्याउने कम्पनी छान्न ग्लोवल टेण्डरबाट नेपाल थोका क्षेत्री, एग्रो मनाङ, ल्याबलाइन टे«डर्स र लाइफलाइनले टेन्डर भरेका हुन् । ती कम्पनीहरुको प्राविधिक मुल्यांकन नमिलेपछि खरिद प्रक्रिया रद्द गर्नुपरेको प्रधानमन्त्री आधुनिकीकरण परियोजनाका निर्देशक लक्ष्मण पौडेलले जानकारी दिए ।

चार कम्पनी प्रारम्भिक चरणमै फालिएपछि कम्पनी छनौट गर्ने प्रक्रिया तत्काल रद्द भएको पौडेलले बताए । ‘मुल्याङ्कनको चरणमा रहेका नेपाली ४ कम्पनीको प्राविधिक मुल्याङ्कन राम्रो देखिएन्’ उनले भने, ‘तत्कालका लागि कम्पनी छनौट प्रक्रिया रद्द भएको छ ।’

उनले आगामी खरिद प्रक्रियाका बारेमा निर्णय नभएसम्म भन्न नसकिने बताए । बजेट थोरै भएको, योजना र भौगोलिक अवस्था राम्रो नभएको भन्दै टेन्डर भर्न विदेशी कम्पनीहरुले चासो देखाएका थिएनन् ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत ल्याइन लागिएका स्याउका विरुवाका लागि सरकारले चालू आर्थिक वर्षमा १० करोड रुपैयाँ छुट्याएको छ ।

यो पनि पढ्नुहोसः

माघमा रोप्नुपर्ने स्याउका बिरुवा इटालीबाट आउनै असार लाग्ने

प्राविधिक मुल्याङ्कनमा कमजोर देखिएकाले नेपाली कम्पनी छनौट गर्न नसकिएको कृषि तथा पशुपक्षी विकास मन्त्रालयका प्रवक्ता तेजबहादुर सुवेदीले बताए । उनले यो बर्ष इटालीबाट स्याउका विरुवा ल्याउन नसकिने बताए ।

परियोजनाका लागि छुट्याइएको बजेट बढी माग गरिएको र बजेट छुट्याउन नसकिएको क्षेत्रमा रकमान्तर गरिने सुवेदीले बताए ।