माइक्रोसफ्टका चार नयाँ ल्यापटप

लेनेभोे १०० ईमा ११.६ इन्च एचडी एन्टिग्लेयर डिस्प्ले छ ।१० घण्टासम्म टिक्ने ब्याट्री प्रयोग गरिएको ल्यापटपको तौल १.२२ केजी छ । यसबाहेक माइक्रोसफ्ट एजुकेसन रेन्जमा दुई अन्य ल्यापटप छन् । जसलाई जेपीले लन्च गरेको छ ।

माइक्रोसफ्ट कम्पनीले स्कुले विद्यार्थी र शिक्षाक्षेत्रलाई लक्ष्य गरेर विन्डोज १० का चार नयाँ ल्यापटप सार्वजनिक गरेको छ । यीमध्ये दुईवटा लेनेभो र दुई जेपीका नयाँ ल्यापटप आधुनिक प्रविधिद्वारा विकास गरिएको हो । लेनेभोे १०० ई को मूल्य १ सय ८९ डलर (करिब १२ हजार १ सय रुपैयाँदेखि सुरु) रहेको कम्पनीले जानकारी दिएको छ । यसमा इन्टेल सेलेरन एपोलो लेक प्र्रोसेसर, टू जीबी एलपीडीडी आर र फो जीबी ¥याम प्रयोगमा छ ।

लेनेभोे १०० ईमा ११.६ इन्च एचडी एन्टिग्लेयर डिस्प्ले छ ।१० घण्टासम्म टिक्ने ब्याट्री प्रयोग गरिएको ल्यापटपको तौल १.२२ केजी छ । यसबाहेक माइक्रोसफ्ट एजुकेसन रेन्जमा दुई अन्य ल्यापटप छन् । जसलाई जेपीले लन्च गरेको छ । क्लासमेट लिप टी ३०३ ल्यापटप हेलो सपोर्टका साथ आएको छ । यो मूल्य १ सय ९९ डलर (करिब १२ हजार ७०० रुपैयाँ)देखि उपलब्ध छ । ट्रिगोन भी ४०१ टू इन वन ल्यापटपको सुरुवाती मूल्य भने २ सय ९९ डलर करिब १९ हजार एक सय रुपैयाँ छ ।

लेनेभोे १०० ईमा विशेष किसिमले शिक्षाका लागि नयाँ अपडेटेड तथा माइक्रोसफ्ट लर्निङ टुल्स प्रयोग गरिएको छ, जसले विद्यार्थीलाई अध्ययनमा सघाउँछ । कम्पनीले निकट भविष्यमै १ सय ४६ देशमा अध्ययनअध्यापनका लागि अफिस ३६५ एजुकेसन एक्सेस अफर ल्याउने योजना पनि बनाएको छ ।