आगामी फागुन ३ देखि ५ गतेसम्म समृद्द कर्णाालीका लागि महाेत्सव हुने

आगामी फागुन ३ गतेदेखि ५ गतेसम्म भृकुटीमण्डमा हुने एक्स्पोको मुख्य नारा ‘हाम्रा गौरवका पानाहरु र सम्भावनाका खानीहरुको उत्सव’ रहेको बुधबार पत्रकार सम्मेलन गरी जानकारी दिइएको छ ।

कर्णााली क्षेत्रकाे  विकास र सम्भावनाहरूकाे खाेजी गर्ने उद्देश्यले कर्णााली एक्स्पाे हुने भएकाे छ । आगामी फागुन ३ गतेदेखि ५ गतेसम्म भृकुटीमण्डमा हुने एक्स्पोको मुख्य नारा ‘हाम्रा गौरवका पानाहरु र सम्भावनाका खानीहरुको उत्सव’ रहेको बुधबार पत्रकार सम्मेलन गरी जानकारी दिइएको छ ।

कर्णालीको गर्विलो इतिहास, कला—संस्कृति, पौष्टिक रैथाने खाद्यबाली, जीवनशैली र अन्य सम्भावनाका स्रोतहरुको खोजी गरिने उद्धेश्यले महोत्सव गर्न लागिएको समृद्ध कर्णाली अभियान तथा महोत्सव आयोजनक समितिका उपसंयोजक प्रेमा लामाले जानकारी दिइन् ।

आगामी भिटीज नेपाल २०२० र पहिला देश अनि विदेश भन्ने नारालाई कर्णालीबाट बुलन्द पार्न पनि महोत्सव महत्वपूर्ण हुने लामाले बताइन् ।कर्णालीका पर्यटकीय, धार्मिक, सांस्कृतिक तथा परम्परागत जीवनशैली, कृषि, पर्यटनलाई विशेष फोकस गरि महोत्सवमा स्टल राखिनेछ ।

तीन दिन सम्म चल्ने महोत्सवमा एक लाख बढि दर्शकले अवलोकन गर्ने आयोजकले जनाएको छ ।