भेटमा द्विपाक्षीय आर्थिक व्यापारिक तथा पर्यटन प्रवद्र्धनका विषयमा अन्तक्र्रिया सम्पन्न गरेको छ । उक्त अवसरमा सीसीपीआईटी सान्डोङ तथा सङ्घबीच द्विपक्षीय समझदारीपत्रमा समेत हस्ताक्षर सम्पन्न भएको छ ।
नेपाल चाइना चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीका प्रतिनिधिले चिनियाँ व्यापारी प्रतिनिधिमण्डलसँग भेट गरेका छन् । चाइना काउन्सिल फर प्रमोसन अफ इन्टरनेसनल ट्रेड दोङआन सिटी कमिटी (सीसीपीआईटी सान्डोङ)का उपाध्यक्ष लिउ छियाजियाङको नेतृत्वमा नेपाल भ्रमणमा आएको सात सदस्यीय व्यापारिक प्रतिनिधिमण्डलले सङ्घ आबद्ध व्यवसायीसँग भेट गरेको हो । भेटमा द्विपाक्षीय आर्थिक व्यापारिक तथा पर्यटन प्रवद्र्धनका विषयमा अन्तक्र्रिया सम्पन्न गरेको छ । उक्त अवसरमा सीसीपीआईटी सान्डोङ तथा सङ्घबीच द्विपक्षीय समझदारीपत्रमा समेत हस्ताक्षर सम्पन्न भएको छ ।
समझदारीपत्रमा सङ्घका तर्फबाट उपाध्यक्ष पञ्चरत्न शाक्य तथा सीसीपीआईटी सान्डोङका तर्फबाट उपाध्यक्ष लिउ छियाजियाङले हस्ताक्षर गरेका छन् । सहमतिपत्रअनुसार दुवै संस्थाले संयुक्त लगानी प्रवद्र्धन, व्यापार विस्तार एवम् विविधीकरणका लागि सहकार्य गर्नुका साथै विभिन्न व्यापारिक सूचनाको आदानप्रदान गर्नेछन् । व्यापारिक प्रतिनिधिमण्डलको आदानप्रदानमार्फत व्यापारिक सम्बन्धको विकास गरी विद्यमान व्यापारिक कठिनाइलाई आपसी समझदारीमा समाधान गर्नेछ । साथै आर्थिक तथा व्यापारिक सम्बन्ध विस्तारका लागि दुवै मुलुकमा हुने गोष्ठी, सभा, सेमिनार आदि कार्यक्रममा सहभागी हुन एकआपसमा सहयोग गर्नेसमेत उल्लेख छ ।
उक्त अवसरमा सङ्घका अध्यक्ष राजेशकाजी श्रेष्ठले नेपाल चीनबीचको पुरानो सुमधुर सम्बन्धको चर्चा गरेका थिए । सङ्घ तथा सान्डोङ प्रान्तबीच विगतका वर्षदेखि सूचनाको आदानप्रदान भइरहेको तथा नेपाली व्यापारीले व्यापारिक मेलामा भाग लिइरहेको उनले बताए । यस भ्रमणबाट व्यापार वृद्धि तथा लगानीका लागि सहज हुने उनको भनाइ छ । सङ्घ र सान्डोङ प्रान्तबीच आर्थिक व्यापारिक सम्बन्ध विस्तार, पर्यटन, उद्योग, तयारी पोसाक तथा लगानी वृद्धिमा विस्तार गर्दै जाने उनले बताए ।
नेपालमा कृषि, खाद्यान्य तथा तयारी पोसाक उद्योग, पर्यटन, बैङ्कमा संयुक्त लगानीका लागि समेत आह्वान गर्दै उनले नेपालमा लगानी गर्न इच्छुक लगानीकर्तालाई लगानी गर्न इच्छुक लगानीकर्तालाई सङ्घले सक्दो सहयोग गर्नेसमेत बताए ।
सीसीपीआईटी सान्डोङका अन्तर्राष्ट्रिय सम्बन्ध निर्देशक जोउ छियाले सान्डोङ औद्योगिक तथा अत्याधुनिक पर्यटन तथा सांस्कृतिक सहर भएको र नेपाली व्यवसायीसँग द्विपक्षीय व्यापार तथा लगानी प्रवद्र्धन गर्नेजस्तो महत्वपूर्ण मौका पाएकोमा आभार व्यक्त गरे । नेपाली उत्पादनको प्रवद्र्धन एवम् लगानी विस्तार अध्ययनका लागि भविष्यमा नेपाल भ्रमण गर्ने उनको भनाइ छ । प्रतिनिधिमण्डलमा पर्यटन, तयारी पोसाक, अटोमोबाइल क्षेत्रलगायतका व्यवसायीको सहभागिता थियो ।