ड्रोनबाट ड्रक्स कारोबार !

यसअघि पक्राउ परेका केही लागुऔषध कारोबारीले गुरुङको नाम पोलेपछि प्रहरीले खोजी थालेको थियो । प्रहरीको आँखा छल्न उनले ड्रोनको प्रयोग गर्दै आएको प्रहरीले जनाएको छ ।

काठमाडौं : प्रहरीले काठमाडौंको महाराजगन्जबाट अनम्यान भेइकल (ड्रोन)को सहयोगमा लागुऔषधको कारोबार गर्ने एक जनालाई पक्राउ गरेको छ ।

लामो समयदेखि अवैध लागुऔषधको कारोबार गर्दै आएका धरानका जिनिस गुरुङ उर्फ बितुलाई प्रहरीले मङ्गलबार उनकै कोठाबाट पक्राउ गरेको हो ।

प्रहरीका अनुसासर गुरुङ आफंै पनि लागुऔषध दुव्र्यसनी हुन् । लामो समयदेखि उनले आफू बस्ने कोठाबाटै लागुऔषधको कारोबार गर्दै आएको प्रहरीले जनाएको छ ।

यसअघि पक्राउ परेका केही लागुऔषध कारोबारीले गुरुङको नाम पोलेपछि प्रहरीले खोजी थालेको थियो । प्रहरीको आँखा छल्न उनले ड्रोनको प्रयोग गर्दै आएको प्रहरीले जनाएको छ ।

‘आफ्नो क्षेत्रमा प्रहरी आएको पत्ता लगाउन उनले ड्रोन उडाएर सो क्षेत्रको अवलोकन गर्ने गरेको देखियो’, महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डीएसपी होमेन्द्र बोगटीले भने ।

उनका अनुसार प्रहरीले गुरुङको कोठाबाट १ थान ड्रोन, ३ ग्राम खैरो हेरोइन, एक थान लागुऔषध जोख्ने डिजिटल मेसिन, २४ ओटा विभिन्न ब्रान्डका मोबाइल, ल्यापटप, क्यामेरा, विभिन्न खाले लागुऔषध ट्याब्लेट र एक लाख नगद रुपैयाँ बरामद गरेको छ ।

गुरुङ लामो समयदेखि काठमाडौंमा लागुऔषधको कारोबार गर्दै आएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

प्रहरीका अनुसार उनले प्रत्येक ग्राहकसँग कुरा गर्न फरक मोबाइल प्रयोग गर्दै आएका थिए । लागुऔषध किन्न ग्राहक आएको बेला गुरुङ ड्रोन उडाएर सो क्षेत्रमा प्रहरीको रेकी गर्थे ।

आफ्नोबाट लागुऔषध लिएर गएका पक्राउ पर्नासाथ उनले ऊसँगको मोबाइल प्रयोग नगर्नेसमेत गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

मङ्गलबार पक्राउ परेका गुरुङलाई प्रहरीले अवैध लागुऔषध कारोबारमा मुद्दा चलाएर अनुसन्धान अघि बढाएको छ ।