सोही दिन कम्पनीले महालक्ष्मी डबल सावधिक बीमा, लगानी फिर्ता म्यादी बीमा र महालक्ष्मी सावधिक गरी ३ किसिमका बीमा योजना सञ्चालमा ल्याउने भएको छ ।
काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आउँदो आइतबारदेखि जीवन बीमा व्यवसाय सुरु गर्ने भएको छ । सोही दिन कम्पनीले महालक्ष्मी डबल सावधिक बीमा, लगानी फिर्ता म्यादी बीमा र महालक्ष्मी सावधिक गरी ३ किसिमका बीमा योजना सञ्चालमा ल्याउने भएको छ ।
आउदो असारसम्म ५० करोड रुपैयाँ जीवन बीमा शुल्क आर्जन गर्ने लक्ष्य लिएको कम्पनीले बिहीबार राजधानीमा आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी दिइयो । आगामी ५ वर्षभित्र देशकै पहिलो नम्बरको बीमा कम्पनी बनाउने योजना रहेको प्रमुख कार्यकारी अधिकृत (सीईओ) रमेशकुमार भट्टराईले बताए ।
कम्पनीको चुत्तापुँजी २ अर्ब रुपैयाँ रहेको छ । १ अर्ब ४० करोड संस्थापकबाट र बाँकी ६० करोड रुपैयाँ साधारण सेयर (आईपीओ) निष्कासनबाट पुरा गर्ने उनले जानकारी दिए । फागुनभित्र विभिन्न १३ स्थानमा शाखा विस्तार गर्ने भएको छ । आउँदो असारसम्म शाखा संख्या ३५ पुर्याउने भट्टराइले बताए । महालक्ष्मी देशको १९ औं जीवन बीमा कम्पनी हो ।