युनिभर्सल पावर कम्पनीको आईपीओ खुल्यो, ५ लाख कित्तासम्म आवेदन दिन पाइने

यसमध्ये १ लाख ८६ हजार ५४८ कित्ता आईपीओ कम्पनीका कर्मचारीलाई, ४ लाख ६६ हजार ३७० कित्ता सामूहिक लगानी कोषलाई सुरक्षित गरी ८६ करोड ७४ लाख ४९२ रुपैयाँ बराबरको ८६ लाख ७४ हजार कित्ता आईपीओ सर्वसाधारणलाई निष्कासन गरिएको सिद्धार्थ क्यापिट लिमिटेडले जनाएको छ ।

काठमाडौं । युनिभर्सल पावर कम्पनी लिमिटेडले शुक्रबारदेखि साधारण सेयर (आईपीओ) निष्कासन गरेको छ । कम्पनीले ९३ करोड २७ लाख ४१ हजार रुपैयाँ बराबरको ९३ लाख २७ हजार ४१० कित्ता आईपीओ निष्कासन गरेको हो ।

आयोजना प्रभावित दोलखा जिल्लाका स्थानीयबासिन्दालाई बाँडफाँड गरी बिक्री हुन बाँकी १७ करोड ६६ लाख १५ हजार रुपैयाँ बराबरको १७ लाख ६६ हजार १५० कित्ता समेत जोडरे आईपीओ निष्कासन गर्न लागेको हो । यसअघि दोलखाको गौरिशंंकर, कालिञ्चोक र विगो गाउँपालिकालाई २१ करोड रुपैयाँ बराबरको २१ लाख कित्ता आईपीओ निष्कासन गरेको थियो ।

यसमध्ये १ लाख ८६ हजार ५४८ कित्ता आईपीओ कम्पनीका कर्मचारीलाई, ४ लाख ६६ हजार ३७० कित्ता सामूहिक लगानी कोषलाई सुरक्षित गरी ८६ करोड ७४ लाख ४९२ रुपैयाँ बराबरको ८६ लाख ७४ हजार कित्ता आईपीओ सर्वसाधारणलाई निष्कासन गरिएको सिद्धार्थ क्यापिट लिमिटेडले जनाएको छ ।

आईपीओ निष्कासन बन्द छिटोमा माघ २९ गते र ढिलोमा फागुन २६ गतेलाई तोकिएको सिद्धार्थ क्यापिटलले जनाएको छ । आईपीओ न्युनतम ५० देखि ५ लाख कित्तासम्म भर्न पाईने छ । सेयर बाँडफाँडपछि ५४ प्रतिशत संस्थापक र ४६ प्रतिशत सर्वसाधारणको स्वामित्व हुने गरी लगानी संरचना तयार पारिएको छ ।

युनिभर्सलले दोलखामा ११ मेगावाट क्षमताको तल्लो खारेखोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ । आयोजनाको लागत २ अर्ब ४ करोड रुपैया छ । कम्पनीमा ८८ प्रतिशत स्वामित्व सीईडीबी हाइड्रो फण्ड लिमिटेडको छ । सीईडीबी माउ कम्पनी हो । कम्पनीले इक्रा नेपाल लिमिटेडबाट आईपीओ ग्रेड ४ प्रमाणपत्र प्राप्त गरेको छ ।