संसदमा त्रिपाठीको माग ‘सरकार र चिनी व्यवसायीको लडाइमा उखु किसानलाइ बलिको बोको नबनाइयोस’

नेकपाका सांसद हृदय त्रिपाठीले गत बर्षकै उखुको भुक्तानी समेत किसानले पाउन नसकेको भन्दै उनले सरकार र व्यवसायीको लडाइमा किसानलाइ बलिको बोको बनाइएको बताए ।

काठमाडौं । सरकार र चिनी व्यवसायीको लडाइमा उखु किसान बलिको बोको बन्न नहुने सांसदले आवाज उठाएका छन् ।

नेकपाका सांसद हृदय त्रिपाठीले गत बर्षकै उखुको भुक्तानी समेत किसानले पाउन नसकेको भन्दै उनले सरकार र व्यवसायीको लडाइमा किसानलाइ बलिको बोको बनाइएको बताए ।

सरकारले उखु किसानलाइ दिने अनुदान अझै ७० प्रतिशत रकम बाँकी रहेको भन्दै व्यवसायीबाट भन्दा पनि कृषि विकास मन्त्रालयमार्फत सिधैं किसानको खातामा जम्मा गर्नुपर्ने बताए ।

उनले गत बर्षको उखुको भुक्तानी व्यवसायी नदिँदा किसान मर्कामा परेका बताए । ‘अहिले व्यवसायीले विभिन्न बाहना बनाएर उखुको भुक्तानी गरेका छैनन् । भने अर्कोतर्फ उद्योग सञ्चालन नगरिँदिदा किसानको उखु बारीमा सुक्न थालेको छ’ उनले भने, ‘यस विषयमा सरकार किन उत्तरदायी भएन् ?’

सांसद त्रिपाठीले चिनीको आयात बन्द गर्दा र सरकार र व्यवसायीको लडाइका कारण आगामी जेठ÷असारमा चिनीको अभाव हुने र फेरी अर्को चलखेल हुन सक्ने आशंका गरे ।