सबैभन्दा ठुलो कम्पनी नेपाल टेलिकम, बजार पुँजीकरण १०६ अर्ब, कसको कति (सूचिसहित)

एक साताको अवधिमा टेलिकमको पुँजीकरण ३ अर्ब रुपैयाँ घटेको छ । सेयर बजार निरन्तर ओरालो लागेपछि यसको असर टेलिकममा परेको हो ।

काठमाडौ । बजार पुँजीकरणका आधारमा यस साता नेपाल टेलिकम अग्रस्थानमा देखिएको छ । नेपाल टेलिकमको बजार पुँजीकरण १ खर्ब ६ अर्ब रुपैयाँ छ । अघिल्लो साता टेलिकमको बजार पुँजीकरण १ खर्ब ९ अर्ब ३५ करोड रुपैयाँ थियो । एक साताको अवधिमा टेलिकमको पुँजीकरण ३ अर्ब रुपैयाँ घटेको छ । सेयर बजार निरन्तर ओरालो लागेपछि यसको असर टेलिकममा परेको हो ।

दोस्रो स्थानमा नविल बैंक रहेको छ । नविलको बजार पुँजीकरण ६६ अर्ब ८० करोड रुपैयाँ छ । तेस्रो स्थानमा नेपाल इन्भेष्टमेन्ट बैंक छ । नेपाल इन्भेष्टमेन्टको ६५ अर्ब ४४ करोड रुपैयाँ छ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ४६ अर्ब ३८ करोड, स्ट्याण्र्ड चाटर्ड बैंकको ४४ अर्ब ६४ करोड, एभरेष्ट बैंकको ४१ अर्ब ५७ करोड रुपैयाँ रहेको छ ।

यसैगरी हिमालयन बैंकको ३६ अर्ब ७२ करोड, एनआईसी एसिया बैंकको ३४ अर्ब ४५ करोड, नेपाल एसबीआई बैंकको ३२ अर्ब १९ करोड र १० औं स्थानमा एनएमबी बैंकको ३० अर्ब १० करोड रुपैयाँ रहेको नेपाल स्टक एक्चेन्ज (नेप्से) लिमिटेडले जनाएको छ । अपर तामाकोसी हाइड्रोपावर लिमिटेडको २५ अर्ब २० करोड रुपैयाँ छ । उत्कृष्ठ १० मध्ये ८ वाणिज्य बैंक र १ जीवन बीमा कम्पनी रहेका छन् ।

यो साता सबैभन्दा बढी अपर तामाकोसीको सेयर कारोबार भएको छ । अपर तामाकोसीको १० करोड ४४ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । नेपाल बैंकको ६ करोड ६५ लाख र नेपाल टेलिकमको ६ करोड १६ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको नेप्सेले जनाएको छ । गत साता १ अर्ब ५० करोड रुपैयाँको सेयर किनबेच भएका छन् ।

विभिन्न ३ वटा बैंक तथा वित्तीय संस्थाको हकप्रद र बोनस सेयर कारोबारका लागि नेप्सेमा सूचिकृत भएका छन । नयाँ नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड, सिटी एक्सप्रेस फाइनान्स कम्पनी लिमिटेड र हाम्रो विकास बैंकको गरी ३२ लाख १८ हजार १३७ कित्ता सेयर सूचिकृत भएको हो ।
नयाँ नेपालको ६ लाख कित्ता र सिटी एक्सप्रेसको २५ लाख कित्ता हकप्रद र हाम्रो विकासको १ लाख १८ हजार १३७ कित्ता बोनस सेयर कारोबार हुने नेप्सेले जनाएको छ ।

कुन कम्पनीको कति ?