यस वर्षको मेलामा राष्ट्रिय लोकदोहोरी, भलिबल प्रतियोगिता, छेलो प्रतियोगितालगायत कार्यक्रम समावेश गरिनेछ । साथै विविध मनोरञ्जनात्मक कार्यक्रमसमेत समावेश गरिनेछ ।
बागलुङमा रहेको प्रसिद्ध ऐतिहासिक कालिका भगवती मन्दिर परिसरमा लाग्ने चैत्राष्टमी मेला आगामी चैत ९ देखि १२ गतेसम्म हुने भएको छ । मेलाको तयारी सुरु गरिएको काालिका भगवती गुठी व्यवस्थापन समितिले जानकारी दिएको छ ।
बिहीबार बसेको व्यवस्थापन समिति बैठकले सरोकारवाला निकायसँग समन्वय गरी मेला व्यवस्थापन गर्न गुठीका अध्यक्ष राजु खड्काको संयोजकत्वमा सचिव कुमार खड्का रहेको मूल आयोजक समितिसमेत गठन गरिएको कालिका भगवती गुठीले बताएको छ । यस वर्षको मेलामा राष्ट्रिय लोकदोहोरी, भलिबल प्रतियोगिता, छेलो प्रतियोगितालगायत कार्यक्रम समावेश गरिनेछ । साथै विविध मनोरञ्जनात्मक कार्यक्रमसमेत समावेश गरिने सचिव खड्काले जानकारी दिए ।
मेलाले जिल्लामा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन महत्त्वपूर्ण योगदान दिने उनको भनाइ छ । पर्यटकीय, सामाजिक, धार्मिक, सांस्कृतिक तथा आर्थिक रूपमा महत्त्वपूर्ण मेलाको व्यवस्थापनमा सहयोगका लागि आयोजकले आग्रह गरेको छ ।