स्मार्ट एप्लायन्सका एयरटेक एयर कुलर बजारमा

के एल दुगड अन्तर्गत स्मार्ट एप्लायन्स प्रालि ७ देखि ६० लिटरसम्म क्षमता भएको एयरटेक एयर कुलर बजारमा सार्वजनीक गरेको छ । स्मार्ट एप्लाइन्स ‘एयरटेक एयर कुलरको एक मात्र आधिकारिक वितरक हो ।

कम्पनीले एयरटेक हङकङको एयर कुलर उत्पादन गर्ने लोकप्रिय ब्राण्ड हो । एयरटेक एयर कुलरका सबै मोडलका उच्च प्रिमियम क्वालिटिले बनेका छन् जुन उच्च प्रदर्शन गर्नुका साथै टिकाउ पनि छन् ।

स्मार्ट एप्लायन्स प्रालिले एयरटेक एटी ८०० एई एयर कुलर नेपाली बजारमा ल्याएको छ । यसलाई कार्बन डस्ट पिल्टर सहितको पोलिम्बरबडि सामाग्री, अर्र्र्थीङ सेफ्टी, हनिकम्बो र आइस् च्याम्बरले इन्जीनियरिङ गरिएको छ ।

यसमा १ वर्षको वारेन्टी पनि छ । एयरटेक बल्बको भन्दा कम विद्युत खपत गर्ने एयर कुलर हो । यसको एलईडी कन्ट्रोल प्यानल रिमोटबाट सञ्चालन हुन्छ र यसमा अफ टाइमर विशेषता पनि छ ।