शिवम् सिमेन्टले प्रिमियम मूल्यमा फागुन ६ गतेदेखि आईपीओ ल्याउँदै, प्रतिकित्ता ३०० रुपैयाँ

न्यूनतम ५० र अधिकतम ५ लाख ७९ हजार ६४० कित्तासम्म आईपीओ भर्न पाइने सिद्धार्थले जानकारी दिएको छ ।

काठमाडौं । शिवम् सिमेन्ट लिमिटेडले फागुन ६ गतेदेखि साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले सर्वसाधारणलाई प्रतिकित्ता ३०० र उद्योग प्रभावित स्थानीयबासिन्दालाई प्रतिकित्ता २०० रुपैयाँ प्रिमियम मूल्यमा ४४ लाख कित्ता आईपीओ निष्कासन गर्न लागेको हो ।

आईपीओ निष्कासन बन्द छिटोमा फागुन ९ गते र ढिलोमा चैत ५ गते तोकिएको छ । आईपीओ निष्कासन गरेकै दिन संस्थागत लगानीकर्ताले आईपीओ भर्न पाउने निष्कासन तथा बिक्री प्रवन्धक सिद्धार्थ क्यापिटल लिमिटेडले जनाएको छ । न्यूनतम ५० र अधिकतम ५ लाख ७९ हजार ६४० कित्तासम्म आईपीओ भर्न पाइने सिद्धार्थले जानकारी दिएको छ ।

कुल निष्कासनमध्ये सङ्गठित संस्थाका कर्मचारी र सामूहिक लगानी कोषलाई गरी ६ लाख कित्ता वितरण गरी ४१ लाख २० हजार कित्ता सर्वसाधारणलाई निष्कासन गरिएको छ ।