भृकुटीमण्डपमा हुने एक्स्पोको मिडिया स्पेस सोलुसन प्रालि र फ्युचर ट्रेड फेयर एण्ड इभेन्ट्स प्रालिको सयुक्त आयोजनामा हुन लागेको हो ।
काठमाडौं । आगामी फागुन ३, ४ र ५ गते पाँचौ नेपाल ऊड अन्तर्राष्ट्रिय प्रदर्शनी हुने भएको छ । भृकुटीमण्डपमा हुने एक्स्पोको मिडिया स्पेस सोलुसन प्रालि र फ्युचर ट्रेड फेयर एण्ड इभेन्ट्स प्रालिको सयुक्त आयोजनामा हुन लागेको हो ।
प्रदर्शनीमा विभिन्न देशका २०० भन्दा बढि ख्याती प्राप्त फर्निचर, प्लाइउड तथा काठ औजारका कम्पनी, डिलर, सब डिलर र विक्रेताका स्टल रहने मंगलबार पत्रकार सम्मेलन गरेर जानकारी गराइएको छ ।
प्रदर्शनीमा नयाँ नयाँ प्रविधिको बारेमा जानकारी गराउँदै नयाँ काठ उत्पादका औजारहरुको प्रदर्शनी गर्नु प्रदर्शनीको मुख्य उद्धेश्य हो ।
प्रदर्शनीले हाल भइरहेको काठ तथा फर्निचर क्षेत्रको विकास तथा आधुनिकीकरणमा टेवा पुग्ने आयोजक पक्षको दाबी छ । प्रदर्शनीमा घर बनाउन चाहने व्यक्ति आम नागरिक बाहेक नेपालका दिग्गज आर्किटेक्ट, इन्जिनियर्स तथा इन्टीरियर डिजाइनरहरुको सहभागिता रहने छ ।