म्यानेजर अफ दि इयर आवर्ड आइएमईका सीईओ पोखरेललाई, द्वारिकाकी अम्बिका र अर्थसचिव खनाल पनि सम्मानित 

काठमाडाैं । आइएई ग्रुपका प्रखुख कार्यकारी अघिकृत (सीईओ) सुमन पोखरेललाई म्यानेजर अफ दि इयर अवार्ड प्रदान गरिएको छ ।
नेपाल व्यवस्थापन सङ्घले आफ्नो ३८ औं साधारणसभामा पोखरेललाई यो वर्षको म्यानेजर अफ दि इयर अवार्ड प्रदान गरेको हो ।

त्यसैगरी, होटल द्वारिकाजकी प्रवन्ध निर्देशक अम्बिका श्रेष्ठलाई आउटस्ट्यान्डिङ म्यानेजर अवार्डबाट सम्मान गरिएको छ ।  अर्थसचिव राजन खनाललाई आउडस्ट्यान्डिङ सिभिल सर्भेन्ट अवार्डबाट सम्मान गरिएको हो । उनीहरु सबैलाई प्रधानमन्त्री केपी शर्मा ओलीले सम्मान गरेका हुन ।