नागरिक लगानी कोषको मितव्ययीता अभियान, सञ्चालक र समितिका पदाधिकारीको भत्ता कटौती

यसअघि संचालक समितिका सदस्य संयोजक/सदस्य रहेका प्रत्येक समिति/उपसमितिहरुमा सबै सदस्यलाई संचालक सरह भत्ता दिने गरेकोमा कोषका कर्मचारी सदस्यहरुको भत्ता प्रति व्यक्ति १ हजार रुपैयाँ कटौती गरिएको सूचना अधिकारी उद्धव सिलवालले बताए ।

काठमाडौं । नागरिक लगानी कोषले कार्य संचालनमा मितव्ययीता अभियान शुरु गरेको छ । कोषको विद्यमान विभिन्न समिति/उपसमितिका संख्याहरु घटाउनुको साथै भत्ता रकम समेत कटौती गरेको छ ।

यसअघि संचालक समितिका सदस्य संयोजक/सदस्य रहेका प्रत्येक समिति/उपसमितिहरुमा सबै सदस्यलाई संचालक सरह भत्ता दिने गरेकोमा कोषका कर्मचारी सदस्यहरुको भत्ता प्रति व्यक्ति १ हजार रुपैयाँ कटौती गरिएको सूचना अधिकारी उद्धव सिलवालले बताए ।

त्यसैगरी गैरकार्यकारी संचालक तथा कोष बाहिरबाट प्रतिनिधित्व गर्ने व्यक्ति सदस्य नरहेका समिति/उपसमितिहरुको बैठक भत्ता नरहने व्यवस्था गरेको उनले जानकारी दिए ।

खर्चमा मितव्ययीता ल्याउन कोष संचालक समितिका अध्यक्षले पाउने इन्धन सुबिधामा प्रति महिना २०० लिटरबाट कटौती गरी १७५ लिटर कायम गरेको छ । साथै कोषले क्रमशः खर्चमा मितव्ययीता कायम गर्दै सुरक्षित, नाफामुखी तथा दीगो लगानीको व्यवस्थापन गरी सेवाग्राहीलाई थप प्रतिफल प्रदान गर्ने पहल समेत गरेको पाइएको छ ।