नयाँ स्यान्ट्रोले पुरानो स्यान्ट्रोले भन्दा बढी क्याविन स्पेस प्रदान गर्नुका साथै अन्य धेरै प्रिमियम विशेषताहरु ल्याएको छ । जस अन्तर्गत १७.६४ से.मी. स्मार्ट फोन कनेक्टिभिटी तथा भ्वाइस रिक्गनिसन जडित अडियो भिडियो प्रणालीे, रियर पार्किङ्ग क्यामरा, स्टेरिङ्ग माउण्टेड कन्ट्रोल अडियो तथा ब्लूटुथ कन्ट्रोल र रियर ए.सी. भ्यान्स रहेको छ ।
काठमाडौ । लक्ष्मी इन्टर कन्टिनेन्टलले नयाँ हुण्डाइ स्यान्ट्रो नेपाली बजारमा ल्याएको छ । नेपालको लागी हुण्डाइ मोटरको एक मात्र आधिकारीक विक्रेता लक्ष्मी इन्टर कन्टिनेन्टल प्रालिले नेपालको उत्कृष्ट फेमिली ह्याचब्याक गाडी दि अल न्यू स्यान्ट्रो हुण्डाइ पुनः नेपाली बजारमा भित्राएको हो ।
बजारको बदलिदो मागलाई ध्यानमा राखी मोर्डन र स्टाइलिस् डिजाईन, आरामदायी र प्रिमियम क्यावेन, नयाँ युगको टेक्नोलोजि, ग्राहक केन्द्रित सुरक्षा र उत्कृष्ट परफोममेन्सका साथ नयाँ स्यान्ट्रो गाडी पुनः नेपाली बजारमा भित्रीएको छ ।
हुण्डाइ मोटर्स र लक्ष्मी इन्टर कन्टिनेन्टल प्रालिको १० वर्षको साझेदारीको उपलक्ष्यमा आयोजना गरिएको उक्त कार्यक्रम सोल्टी क्राउन प्लाजा होटलमा नयाँ स्यान्ट्रो सार्वजनिक गरिएको थियो ।
लक्ष्मी इन्टर कन्टिनेन्टल प्रालिका महाप्रन्धक रुपेश शर्मा भट्टले नयाँ स्यान्ट्रो गाडीको अनावरण गर्दै नेपाली परिवारले सबैभन्दा बढी रुचाएको ह्याचब्याक गाडी, स्यान्ट्रोलाई पुनः नयाँ र परिमार्जित संसकरणका साथ नेपाली बजारमा भित्र्याउन सफल भएकोमा खुशी व्यक्त गरे ।
हुण्डाइ स्यान्ट्रोको अघिल्लो संसकरणले नेपालीहरुको मन जित्न सफल भएको थियो र यो नयाँ र मोर्डन स्यान्ट्रोले पनि ग्राहकहरुको मन जित्न सफल भई ग्राहकहरुको बदलिदो मागलाई पुरा गर्न सफल हुनेमा आशावान रहेको बताए । नयाँ स्यान्ट्रोले आफ्ना ग्राहकहरुलाई मोर्डन र प्रिमियम अनुभव दिन सफल हुने उनको विश्वास रहेको छ ।
नयाँ स्यान्ट्रोले पुरानो स्यान्ट्रोले भन्दा बढी क्याविन स्पेस प्रदान गर्नुका साथै अन्य धेरै प्रिमियम विशेषताहरु ल्याएको छ । जस अन्तर्गत १७.६४ से.मी. स्मार्ट फोन कनेक्टिभिटी तथा भ्वाइस रिक्गनिसन जडित अडियो भिडियो प्रणालीे, रियर पार्किङ्ग क्यामरा, स्टेरिङ्ग माउण्टेड कन्ट्रोल अडियो तथा ब्लूटुथ कन्ट्रोल र रियर ए.सी. भ्यान्स रहेको छ । नयाँ स्यान्ट्रोले नयाँ १.१ लिटर, ४– सिलेण्डर पेट्रोल इन्जिन जसले ६९ पि.एस पावर र १०.१ के.जि.एम. को टर्क प्रदान गर्नेछ । गाडीका विभिन्न विशेषताहरु जस्तै एन्टी लक देखि प्रणालीका साथै इलेक्ट्रोनिक ब्रेक फोर्स वितरण र दोहोरो फ्रण्ट एयर ब्याग रहेको छ ।
नेपाली ग्राहकको लागी हुण्डाइ सबैभन्दा बढी रुचाइएको गाडी हुन सफल भएको छ । हुण्डाइले सदैब आफ्ना ग्राहकहरुलाई उच्चस्तरीय प्रिमियम उत्पादनहरुका साथै उत्कृष्ट सर्भिसको अनुभव प्रदान गर्दै आइरहेको छ ।