फेब्रुअरी २० बाट सामसुङ ग्यालेक्सी एस १० लन्च हुदै, यस्ता छन् फिचर

कम्पनीले ग्यालेक्सी एस १० सँगै ग्यालेक्सी वाच एक्टिभ, ग्यालेक्सी बड्स र ग्यालेक्सी फिट फिट पनि लन्च गर्ने खबर छ ।

काठमाडाैं ।  आगामी फेब्रुअरी २० मा सामसुङ कम्पनीले आफ्नो अनप्याक्ड इभेन्टमा सामसुङ ग्यालेक्सी एस १० लन्च गर्ने भएको छ । साथै कम्पनीले ग्यालेक्सी एस १० सँगै ग्यालेक्सी वाच एक्टिभ, ग्यालेक्सी बड्स र ग्यालेक्सी फिट फिट पनि लन्च गर्ने बताएकाे छ ।

आगामी दिनमा लन्च हुने ग्यालेक्सी वाच एक्टिभ ४० एमएम, ग्यालेक्सी फिट फिट फिटनेस ट्रयाक्र्स र एप्पल एयरपोड प्रतिद्वन्द्धि ग्यालेक्सी बडलाई समर्थन देखाउन यो सामसुङ ग्यालेक्सी वेयरेबल एप एन्ड्रोएड भर्जन अपडेट भएको हुनेछ ।

लन्च हुने यी नयाँ उपकरणका विषयमा धेरै जानकारीहरु सार्वजनिक भएका छैनन् । ग्यालेक्सी वेयरेबल एपले बताए अनुसार ग्यालेक्सी वाच एक्टिभमा ४० एमएम केस हुनेछ । रिपोर्टका अनुसार वाचमा पातलो बेजल्स सहित १.१ इन्च एमोलेड डिस्प्ले फिचर रहनेछ । बेट्री २३६ एमएएचको हुनेछ ।

सामसुङ ग्यालेक्सी फिट फिट फिटनेस ट्रेकर्स एउटा नाडी ब्याण्ड डिजाइन हो । कम्पनीले यी उपकरणहरु आगामी २० फेब्रवरीमा सान फ्रन्सिस्कोमा आयोजना हुने एक अनप्याक्ड इभेन्टमा लन्च गर्नेछ ।एजेन्सीकाे सहयाेगमा