कोषको सूचनालाई अटेर गर्दै व्यापारीले पसल खाली नगरेपछि २१ दिने अल्टिमेटम जारी गर्दै सो अवधिमा खाली नभए बल प्रयोग गरेरै भएपनि पसल खाली गराउने कोषले जनाएको छ । कोषले फागनु ५ गते पुनः सूचना प्रकाशित गरी २१ दिनभित्र मल खाली गर्न भनेको छ ।
काठमाडौं । कर्मचारी सञ्चय कोषले काठमाडौं मलमा भएका पसल हटाउन व्यापारीलाई २१ दिने अल्टिमेटम दिएको छ । गुण्डा नाईके राजु गोरखाली समूहको टेन्डर तोडेर कोषले भवन आफै चलाउने निर्णय गरेपछि पसल हटाउन लागेको हो ।
कोषले माघ १३ गते एक महिने सूचना जारी गर्दै भवनमा भएका पसल खाली गर्न भनेको थियो । कोषको सूचनालाई अटेर गर्दै व्यापारीले पसल खाली नगरेपछि २१ दिने अल्टिमेटम जारी गर्दै सो अवधिमा खाली नभए बल प्रयोग गरेरै भएपनि पसल खाली गराउने कोषले जनाएको छ । कोषले फागनु ५ गते पुनः सूचना प्रकाशित गरी २१ दिनभित्र मल खाली गर्न भनेको छ ।
गोरखाली समूहले व्यापारीहरुबाट जथाभाबी भाडा असुल्ने तर कोषलाई दिनुपर्ने रकम नदिने जस्ता कार्य गरेपछि टेन्डर तोडिएको थियो । गोरखाली समूहसँग ठेक्का तोडिएपछि मलका व्यापारीले सञ्चय कोषका कर्मचारीसँग सेटिङ गरी समिति बनाएर कोषको भवन चलाउने चलखेल गर्दै आएका थिए । व्यापारीको चलखेलबारे व्यापक विरोध हुन थालेपछि कोषले भवन मर्मत गरी कर्पोरेट कार्यालय मात्र राख्ने निर्णय गरेको हो ।
यो पनि पढ्नुहोस्