नेपाल घरेलु तथा साना उद्योग महासङ्घले वार्षिकरुपमा आयोजना गर्दै आएको मेलाको मुख्य उद्देश्य मुलुकभर छरिएर रहेका लघु, घरेलु तथा साना उद्योगका उत्पादनको बजार पहुँच अभिवृद्धि, प्रविधि प्रतिस्थापन, स्वदेशी वस्तुको उपयोगको प्रभावकारिता तथा उत्पादक एवम् उपभोक्ताबीच प्रत्यक्ष सम्पर्क गराउने रहेको महासङ्घका कार्यवाहक अध्यक्ष उमेशप्रसाद सिंहले जानकारी दिए ।
काठमाडौं । औद्योगिक व्यापार तथा प्राङ्गारिक कृषि मेला हुने भएको छ । फागुन २३ देखी २७ गतेसम्म राजधानीको भृकुटीमण्डपमा १५ औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव र तेस्रो प्राङ्गारिक कृषि मेला हुने भएको हो ।
नेपाल घरेलु तथा साना उद्योग महासङ्घले वार्षिकरुपमा आयोजना गर्दै आएको मेलाको मुख्य उद्देश्य मुलुकभर छरिएर रहेका लघु, घरेलु तथा साना उद्योगका उत्पादनको बजार पहुँच अभिवृद्धि, प्रविधि प्रतिस्थापन, स्वदेशी वस्तुको उपयोगको प्रभावकारिता तथा उत्पादक एवम् उपभोक्ताबीच प्रत्यक्ष सम्पर्क गराउने रहेको महासङ्घका कार्यवाहक अध्यक्ष उमेशप्रसाद सिंहले जानकारी दिए ।
‘मेहनत, सिर्जना, उत्पादन र वस्तु ः मेरै नेपालको’ तथा ’नेपाली बस्तु प्रयोग गरौं, नेपाली भएकोमा गर्व गरौं’ भन्ने नाराका साथ मेलाको आयोजना गर्न लागिएको जनाइएको छ । मेलामा मुलुकभरका उद्यमी, उपयुक्त प्रविधि प्रयोगकर्ता, निर्यातजन्य वस्तु उत्पादन गर्ने उद्यमी, महिला उद्यमी, कृषि व्यवसायमा संलग्न उद्यमी एवम् भारत, पाकिस्तान, बङ्गलादेशलगायत सार्क मुलुक तथा चीनको समेत सहभागिता रहने तयारी भइरहेको कार्यवाहक अध्यक्ष सिंहले बताए ।
मेलामा ५ करोडभन्दा बढीको प्रत्यक्ष र १० करोडभन्दा बढी रुपैयाँको अप्रत्यक्ष कारोबार हुने आयोजकको अनुमान छ । मेलामा २ सय ५० ओटा स्टल रहने छन् ।
यस्तै अर्गानिक उत्पादनका बारेमा जानकारी दिँदै त्यस्ता उत्पादनको प्रवद्र्धन गरी अर्गानिक अभियानलाई टेवा पु¥याउन उत्पादक र उपभोक्ताको साझा मञ्च विकास गर्ने उद्देश्यका साथ तेस्रो प्राङ्गारिक कृषि मेला आयोजना गर्न लागिएको मेला संयोजक शान्ता बाँस्कोटा कोइरालाले जानकारी दिइन् । मेला अर्गानिक एसोसिएन नेपाल र कञ्चनजङ्गा टी स्टेट एन्ड रिसर्च सेन्टरले आयोजना तथा व्यवस्थापन गर्ने जनाइएको छ ।
मेलामा ५० स्टल रहने छन् । ती स्टलमा अर्गानिक तथा प्राकृतिक उत्पादन रहने छन् । मेलामा प्रतिस्टलबाट सरदर एक लाख ५० हजारका दरले दैनिक कारोबार हुँदा ५ दिनमा ७५ लाख रुपैयाँ प्रत्यक्ष रुपमा कारोबार हुने अपेक्षा आयोजकको छ । दुइटै मेलामध्येबाट २० ओटा स्टल महिला उद्यमीका लागि निःशुल्क राखिएको छ ।