एप्पल कम्पनीले सो मोडललाई ‘चाइना रेड’ नाम दिनसक्ने वेबसाइटले बताएको छ । तर एप्पलले यस विशेष रेड आईफोन एक्सएस र एक्सएस म्याक्सलाई अन्य क्षेत्रमा पनि लन्च गर्छ वा गर्दैन भन्ने विषय अझै स्पष्ट भएको छैन ।
एजेन्सी । आईफोन एक्सएस र एक्सएस म्याक्स मोडलका रेड भर्जन बजारमा आउन सक्ने खबर छ । चिनियाँ वेबसाइट वाइबो पोस्टमा आईफोन ह्याकर्स डटकमले कुपर्टिनो जाइन्टले यो महिनाको सुरुआतमा चिनियाँ बजारमा रातो रङका आईफोन एक्सएस र एक्सएस म्याक्स लन्च गर्न सक्ने उल्लेख गरेको दाबी गरेको छ ।
आईफोनका यी मोडल अहिले बजारमा तीन ओटा रङ– स्पेस ग्रे, गोल्ड र सिल्भरमा पाइन्छन् ।
एप्पल कम्पनीले सो मोडललाई ‘चाइना रेड’ नाम दिनसक्ने वेबसाइटले बताएको छ । तर एप्पलले यस विशेष रेड आईफोन एक्सएस र एक्सएस म्याक्सलाई अन्य क्षेत्रमा पनि लन्च गर्छ वा गर्दैन भन्ने विषय अझै स्पष्ट भएको छैन ।
गत वर्ष एप्पलले आईफोन एट र आइफोन एटप्लसको पनि रेड कलर स्किम लन्च गरेको थियो । त्यस्तै आईफोन सेभेन र आइफोन सेभेनप्लसको रेड भर्जन पनि २०१७ मा बजारमा आएका थिए । एप्पलले आईफोन एक्सआरको रेड भर्जनलाई बजारमा ल्याइसकेको छ ।
एप्पलले बितेका वर्षमा रेड भर्जनका प्रोडक्टहरुको सफल बिक्री गरेको छ । एप्पलको रेड भर्जनका प्रोडक्ट पछाडिको धारणा भनेको विश्वभरि एचआईभी एड्सविरुद्धको लडाइँ हो । यो धारणलाई युटु फ्रोन्टम्यान बोनोले २००६ मा सुरु गरेका थिए । गत वर्ष एप्पलले उक्त कोषमा १६ करोड डलर योगदान दिएको छ ।