सीएनजी इलेक्ट्रिोनिक भर्जनमा ल्याउँदैछ महिन्द्रा एक्सयुभि थ्री हन्ड्रेड

एक्सयुभि थ्री हन्ड्रेडको सीएनजी भर्जन पेट्रोल इन्जिन मोडलमा आउनेछ । इलेक्ट्रोनिक भर्जन भने यस वर्षको अन्त्य वा आगामी वर्षको सुरुवातमा लन्च हुनेछ ।

एजेन्सी । महिन्द्रा कम्पनीले आफ्नो नयाँ लन्च एक्सयुभि थ्री हन्ड्रेड को इलेक्ट्रिक र सीएनजी वैरियन्ट बजारमा ल्याउने तयारी गर्दैछ ।

एक्सयुभि थ्री हन्ड्रेडको सीएनजी भर्जन पेट्रोल इन्जिन मोडलमा आउनेछ । इलेक्ट्रोनिक भर्जन भने यस वर्षको अन्त्य वा आगामी वर्षको सुरुवातमा लन्च हुनेछ ।

नयाँ रिपोर्टको अनुसार एक्सयुभि थ्री हन्ड्रेडको सीएनजी वैरियन्टमा १।२ लिटरको तीन सिलेण्डर टर्बोचार्ज पेट्रोल इन्जिन लगाइएको हुनेछ । जसले ११० बीएचपीको पावर र २०० एनएमको टर्क दिनेछ ।

त्यस्तै सीएनजी किट लागेपछि त्यसको पावर र टर्कमा कमी आउन सक्नेछ । तर एक्सयुभि थ्री हन्ड्रेड को इंजिन जति शक्तिशाली छ त्यसलाई हेर्दा त्यसले हेर्दा त्यसले धेरै फरक नपार्ने देखिन्छ ।

साथै महिन्द्रा एक्सयुभि थ्री हन्ड्रेडको इलेक्ट्रिोनिक भर्जन ल्याउने कुरा गरिरहेको छ । उक्त मोडलको रेन्ट २५० किमीसम्म हुनेछ । त्यस्तै टप स्पीड १६० प्रति घण्टासम्म हुनेछ ।