एजेन्सी, ६ फागुन । ‘फास्ट मुभिङ कन्जुमर गुड्स’ पतञ्जलि आयुर्वेदले फेसन क्षेत्रलाई केन्द्रित गर्दै धमाधम नयाँ सोरुम खोल्न थालेको छ ।
गतवर्षको नोभेम्बर महिनामा पतञ्जलिका कपडा बजारमा ल्याएको थियो । पतञ्जलीको मेडन अपारल स्टोरको नयाँ दिल्लीमा पुरुषका लागि संस्कार, महिलाका लागि आस्था र महिला पुरुष दुबैका लागि स्पोर्टवेयर ब्राण्डका तीन ओटा सब ब्रान्ड छन् ।
पतञ्जलिले आफ्ना यस अघिका अन्य उत्पादनमा झै फेसनमा पनि भारतीयपन झल्कने उत्पादन बजारमा ल्याएको छ । फेसन रेन्जका लागि उसले लन्च गरेको विज्ञापन अभियानले पनि स्वदेशी फेशनलाई अंगाल्ने छ ।
पतञ्जलिले आगामी १२ देखि १८ महिनाभित्र देशभरी सयवटा कपडा स्टोरहरु खोल्ने योजना बनाएको छ । साथै उसले आर्थिक वर्ष २०१९ को अन्त्यसम्म अनलाइन खुद्रा सपिङ पनि सुरु गर्ने योजना लिएको छ । यसैबीच पतञ्जलिका यी फेसन उत्पादनहरु इ–कमर्सका प्लेटफर्म पेटिएम, लिपकार्ट र अमेजनमा पनि पाइने छ ।
यस्ता एक्सक्लुसीभ ब्राण्ड उत्पादन ईबीओएस अलावा कम्पनीले धेरैवटा शहरहरुमा साना स्टोरहरु पनि स्थापना गर्नेछ । पतञ्जली परिधानका सीईओ केएन सिंहका अनुसार ती साना स्टोरहरुमा विभिन्न् किसिमका सव ब्राण्डलाई मात्र स्टक गर्नका लागि बनाइनेछ ।
यस अलावा अहिले पतञ्जलीले आफ्नो उत्पादनको बजारीकरणका लागि विभिन्न खुद्रा च्यानलहरुको खोजी गरिरहेको छ । उसले बहु ब्राण्ड उत्पादन, पसलबाट पसल मोडल, असंगठित खुद्रा विक्रेता तथा बितरकबाट बितरण, साथै साङ्गाठनिक व्यापार जहाँबाट कम्पनीहरुले ठूलो मात्रामा खरिद गर्नेछ ।
अहिलेसम्म पतञ्जली परिधानको नयाँ दिल्ली, बरहामपूर, हरिद्वार, मिरुत र औरंगाबादमा आठवटा सञ्चालन स्टोरहरु छन् । कम्पनीले २०१९ को अन्त्यसम्म जयपूर, आग्रा, पटना र नासिकमा गरी २० वटा सञ्चालन स्टोरहरु स्थपना गर्ने अपेक्षा गरेको छ ।
सिंहका अनुसार खाद्य तथा पेय पदार्थले खुद्रा उद्योगको १२ प्रतिशत क्षेत्रलाई ओगटेको छ भने त्यसपछिको दोस्रो ठूलो क्षेत्र फेसन र अन्य बस्तुहरु हो जसको करिब १० प्रतिशत शेयर रहेको छ ।
मध्यम वर्गदेखि माथिल्ला मध्यम वर्गका उपभोक्तालाई ध्यानमा राख्दै पतञ्जली परिधानले आफ्नो बस्तुको मूल्यको रेन्ज पुरुषका लागि ६९९ रुपयाँ देखि १४९९ सम्म र महिलाका लागि ९९९ देखि २४९९ सम्म तोकेको छ ।
मेनेजमेन्ट कन्सल्टीङ फर्म ब्राण्ड अफ डिजाएरका सिईओ सौरभ उबोएजाले पतञ्जलीको यस अघिको उत्पादित बस्तुले फास्ट मुभिङ कन्जुमर गुड्सको क्षेत्रमा निकै नाम दाम कमाए पनि फेसनको मामिलामा यसतो नहुने बताउँछन् ।