सामसुङको ग्यालेक्सी एम ३० फेब्रुअरी ३० मा लन्च हुने

सामसुङका यसअघिका अन्य मोडल ग्यालेक्सी एम १० र ग्यालेक्सी एम २० जस्तै यो मोडल पनि अमेजनको एक्सक्लुसिभमा पाइनेछ ।

एजेन्सी । सामसुङले आफ्नो नयाँ मोडल ग्यालेक्सी एम ३० फेब्रवरी २७ मा भारतमा लन्च गर्दै छ । उसले जियोमी रेडमी नोट सेभेन बजारमा लन्च हुन एक दिनअघि लन्च गर्नेछ । सामसुङका यसअघिका अन्य मोडल ग्यालेक्सी एम १० र ग्यालेक्सी एम २० जस्तै यो मोडल पनि अमेजनको एक्सक्लुसिभमा पाइनेछ ।

सामसुङले ग्यालेक्सी एम ३० को विवरणलाई ट्विटरमार्फत आफ्नो पेजमा सार्वजनिक गरेको छ । सो मोडलको मूल्य भारतीय बजारमा १४,९९० पर्न सक्ने यसअघिका रिपोर्टहरुका आधारमा देखिएको छ । सामसुङ ग्यालेक्सीको एम सिरिज बजारमा रेडमी फोनको चुनौतीका रुपमा आएको छ ।

यस फोनमा सुपर एमोलेड इन्फिनिटी भी डिस्प्ले सिरिज हुनेछ । नोच्ड डिस्प्ले ल्याउने कम्पनीको सबैभन्दा पहिलो मोडल हो एम सिरिज । नयाँ मोडल एम ३० पनि तीनवटा क्यामेरासहित आएको छ । ग्यालेक्सी एम२० फोनमा जस्तै यसमा पनि ५००० एमएएच बेट्री रहनेछ । यो मोडलमा ४ जीबी प्लस ६४ जीबी अप्सन हुनेछ र हाइयर ६ जीबी र्याम र १२८ जिबि इन्टरनल स्टोरेज हुनेछ । फोनमा डुएल सिम हुनेछ ।