आगामी तिहारमा मारुती सुजुकीले लन्च गर्दैछ नयाँ अल्टो कार, यस्ता छन् विशेषता

एजेन्सी, ६ फागुन । मारुती सुजुकीले नयाँ अल्टो कार बजारमा ल्याउने भएको छ । आफ्नो एन्ट्री लेबल हैचव्याक नम्बर वान सेलिङ कार अल्टोलाई नयाँ स्वरुपमा लन्च गर्ने तयारी हो ।

कम्पनीको नयाँ अल्टोलाई नयाँ सुरक्षा मापदण्डका आधारमा ल्याइने छ । अल्टो पुरानो नयाँ अल्टोभन्दा अग्लो हुनेछ र रेनो क्विडको लुक्समा मिनी स्पोर्ट यूटिलीटी भेइकलको रुपमा हुनेछ । नयाँ अल्टोमा बीएस ६ इन्जीन हुनेछ । आगामी वर्षबाट नयाँ बीएस सिक्स मापदण्ड लागू हुनेछ यसमा आठ सय सीसी र एक लिटर पेट्रोल इन्जिन पनि हुनेछ ।

सबैभन्दा विशेष कुरा के छ भने नयाँ अल्टोमा मैनुअल गियरबक्सको साथै अटोमैटिक ट्रान्समिशनको पनि फिचर रहनेछ । मूल्यको मामिलामा यो पुरानो अल्टोको लगभग बराबरी रहनेछ । मारुती नयाँ अल्टो आगामी तिहारको अवसरमा लन्च हुन सक्नेछ ।

यसैबीच फोर्ड कम्पनीले पनि एस्पायर मोडेलमा आधारित कार निर्माणको काम गरिरहेको छ । फोर्डको नयाँ कारको वल्र्ड प्रिमियर यसै वर्ष १० सेप्टेम्बरमा आयोजना हुने जनाइएको छ ।