भारतीय मोटरबाइक तथा स्कुटर निर्माणकर्ता कम्पनी हिरो मोटरकर्पले १२५ सीसीभन्दा कम क्षमता भएका आफ्ना धेरै बाइकहरुमा एउटा नयाँ फिचर थप गरेको छ ।
एजेन्सी । भारतीय मोटरबाइक तथा स्कुटर निर्माणकर्ता कम्पनी हिरो मोटरकर्पले १२५ सीसीभन्दा कम क्षमता भएका आफ्ना धेरै बाइकहरुमा एउटा नयाँ फिचर थप गरेको छ । उसले ती बाइकहरुमा कम्बाइन्ड ब्रेकिङ सिस्टम आईबीएस थप गरेको छ । यो फिचर बाइकहरुमा थप भएपछि भारतीय बजारमा ती बाइकहरुको मूल्य पाँच सयदेखि दुई हजार भारतीय रुपैयाँसम्म बढ्नेछ ।
कम्पनीले हिरो स्प्लेन्डर प्लस र हिरो ग्ल्यामर दुवैमा यो फिचर थप गरेको छ । आईबीएस फिचरले रियर ब्रेक लगाउँदा फ्रन्ट र रियर ब्रेकको बीच ब्रेक एक्सनलाई वितरण गर्ने काम गर्छ । यो फिचर थप भएपछि स्प्लेन्डर प्लस सिरिजको मूल्यमा ६ सय ५० भारतीय रुपयाँको बढोत्तरी भएको छ । सेल्फ स्टार्ट आईबीएस भेरियन्टको मूल्य भारतमा ५२ हजार ८ सय ६० भारु हो र आईथ्रीएसको साथमा आईबीएस भेरियन्टको मूल्य ५४ हजार १ सय ५० भारु पुगेको छ ।