कोकाकोलाको अफर, सामसुङ ग्यालेक्सी नोट ९ देखी १० हजारको रिचार्ज सम्म

काठमाडौ । नेपालकै प्रतिष्ठित पेय पदार्थ उत्पादक कम्पनी कोकाकोलाले ‘स्प्राईट डबल डोज, रिफ्रेस् पनि रिचार्ज पनि’ नामक समर क्याम्पेन सार्वजनिक गरेको छ । कोकाकोलाले सार्वजनिक गरेको अफरमा सामसुङ ग्यालेक्सी नोट ९ देखी १० हजारको रिचार्ज सम्म उपहार दिने योजना अघि सारेको छ ।

ग्राहकहरुले कोका–कोला ब्राण्डका स्प्राईट, कोका–कोला, फ्यान्टा लेमन, फ्यान्टा ओरेन्ज र किन्ले सोडाको २५० एमएल सिसाको बोतल (आरजीबी) किनेर सहभागी हुन सक्नेछन् ।

यस अफरमा सहभागी हुन ग्राहकहरुले बिर्कोको तल्लो भागमा रहेको ८ अंकको युनिक कोड ३६७६८ मा एसएमएस गर्नुपर्नेछ । उक्त योजना ३१ मार्च २०१९ सम्म मात्र लागू हुनेछ ।