ग्यास उद्योगीको समस्या समाधान गर्न सरकार असफल, अन्तत उद्योगीले रोजे आन्दोलनको बाटो

‘पाँच वर्षदेखि कमिसन बढन सकेको छैन्, पाँच वर्ष अघिको खर्च र आजको खर्चमा २ सय प्रतिशत भन्दा बढी बढिसकेको छ,’ उनले क्यापिटल नेपालसँग भने, ‘यस्तो अवस्थमा उद्योग कसरी सञ्चालन गर्ने ? हामी उद्योग सञ्चालन गर्न नसक्ने अवस्था आएपछि आन्दोलन गर्नुको विकल्प भएन ।’

काठमाडौं । ग्यास उद्योगमा देखिएको समस्या समाधान गर्न सरकार असफल देखिएपछि उद्योगीहरु आन्दोलनमा उभिने भएका छन् ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले ४५ दिनभित्र ग्यास उद्योगीको समस्या के हो पत्ता लगाउनका लागि बनाएको कमिटिले पाँच महिना वितिसक्दा पनि केही नगरे पछि उद्योगीहरु आन्दोलन गर्न बाध्य भएको नेपाल एलपी ग्यास उद्योग सङ्घका अध्यक्ष गोकुल भन्डारीले जानकारी दिए ।

‘पाँच वर्षदेखि कमिसन बढन सकेको छैन्, पाँच वर्ष अघिको खर्च र आजको खर्चमा २ सय प्रतिशत भन्दा बढी बढिसकेको छ,’ उनले क्यापिटल नेपालसँग भने, ‘यस्तो अवस्थमा उद्योग कसरी सञ्चालन गर्ने ? हामी उद्योग सञ्चालन गर्न नसक्ने अवस्था आएपछि आन्दोलन गर्नुको विकल्प भएन ।’

समस्या समाधानका लागि भोलि उद्योगीले अल्टिमेटम दिँदै छन् । आज (मङ्गलबार) नेपाल आयल निगमलाई यसै विषयमा ज्ञापनपत्र समेत बुझाइसकेका छन् ।

ग्यास उद्योगको खर्च दिनानुदिन बढ्दै गएको र सरकारसँग पटक–पटक कमिसन बढाउन आग्रह गर्दा सरकारले वास्ता नगरेको उद्योगीको आरोप छ । ‘आन्दोलनको माध्यम भन्दा बार्ताको माध्यमबाट समस्याको समाधान गर्न खोजेको् हो, तर त्यो सम्भव भएन, आन्दोलन गर्नुको विकल्प भएन,’ उनले भने, ‘भोलि आन्दोलनका कार्यक्रम सार्वजनिक हुन्छन् ।’

उनका अनुसार ट्रान्सपोर्टरले तत्काल भाडा नबढाए ग्यास नउठाउने बताइसकेको छ । सरकारले कमिसन नबढाइ कसरी भाडा बढाउने ? उद्योग सञ्चालन गर्नै नसक्ने अवस्था आएपछि नेपाल आयल निगमलाई ज्ञापनपत्र बुझाएको उनको भनाइ छ ।