टाटाले उच्च गति रेन्जका विद्युतिय गाडीहरु बजारमा ल्याउँदै

एजेन्सी । विद्युतिय गाडी निर्माणमा अग्रसर बनेको टाटा मोटर्सले आगामी दुई वर्षभित्र २०० देखि २५० किमी हाई रेन्ज भएका विद्युतिय गाडीहरु बजारमा ल्याउने योजना बनाएको छ ।

टाटा मोटर्सका अध्यक्ष सैलेश चन्द्राले मिडियासँग कुरा गर्दै भने,‘ टाटा टिगोरजस्ता कारहरुको अधिकतम रेन्ज भनेको १४० देखि १५० किमीसम्म छ, हामीले भविष्यमा उच्च रेन्जका उत्पादनहरु बजारमा डेलिभर गर्ने योजना बनाएका छौं ती उत्पादनको यसै वर्ष जेनेभामा हुने अटो मेलामा प्रदर्शन हुनेछ ।’

यस योजनलाई पूरा गर्न टाटा मोटरले विभिन्न नयाँ कम्पनी तथा टाटा ग्रुप कम्पनीहरुसँग साझेदारीको प्रयास गरिरहेको छ ।
सरकारको सहयोगमाथि ध्याकार्षण गर्दै अध्यक्ष चन्द्रले कम्तीमा आगामी चार पाँच वर्षका लागि सरकारको इन्सेन्टिभबिना विद्युलिय मोबिलिटि मिशनलाई लिएर अगाडी बढ्न कम्पनीलाई समस्या हुने बताए ।