लिभप्योरको पानी शुद्धीकरण गर्ने विद्युतीय मेसिन

यो मेसिनमा चार चरणबाट पानी शुद्धीकरण गर्न सकिन्छ । यिनले घोलिएका दूषित तत्त्वहरु जस्तै खिया, कीटनाशक, आर्सेनिक, फ्लराइड हेभीमेटल, साल्ट तथा ब्याक्टेरिया आदिलाई निकाल्छन् । मेसिनको मूल्य १९ हजार ५ सय वा सोभन्दा माथि छ । लिभप्योका टच यूभी, आई २५, ग्लिट्ज, आई५०, ब्रह्माजस्ता विभिन्न ब्रान्ड पनि प्रदर्शनीमा राखिएका छन् ।

भृकुटीमण्डपमा जारी सुबिसु क्यान इन्फोटेकमा स्टाफ अफिस इन्टरनेसनलले नेपालमा पहिलो पटक लिभप्योर ब्रान्डको पानी शुद्धीकरण गर्ने विद्युतीय मेसिन सार्वजनिक गरेको छ । यो कम्पनी लिभप्योरको नेपालका लागि आधिकारिक बिक्रेता हो ।

यो मेसिनमा चार चरणबाट पानी शुद्धीकरण गर्न सकिन्छ । यिनले घोलिएका दूषित तत्त्वहरु जस्तै खिया, कीटनाशक, आर्सेनिक, फ्लराइड हेभीमेटल, साल्ट तथा ब्याक्टेरिया आदिलाई निकाल्छन् । मेसिनको मूल्य १९ हजार ५ सय वा सोभन्दा माथि छ । लिभप्योका टच यूभी, आई २५, ग्लिट्ज, आई५०, ब्रह्माजस्ता विभिन्न ब्रान्ड पनि प्रदर्शनीमा राखिएका छन् ।

मेसिनको २५ देखि ५० लिटरसम्म पानी शुद्धीकरण गर्ने क्षमता छ । ‘लिभप्योरको सहायताले शुद्धीकरण गरिएको पानी शतप्रतिशत शुद्ध र स्वस्थकर हुने कम्पनीका प्रतिनिधिको भनाइ छ ।

मोटोरोलाको नयाँ मोबाइल
यसैबीच मोटोरोला कम्पनीले पनि नयाँ मोबाइल सार्वजनिक गरेको छ । कम्पनीले मोटो सी प्लस र मोटो ई फो प्लस नामक मोबाइल पूर्ण विशेषताका साथ स्टलमा राखेको छ । ५ हजार एमएच ब्याट्री, १३ मेगापिक्सेल क्यामेरा, ३ जिबी ¥याम १ सय २८ जिबी स्टारेज र ५.५ एचडी डिस्प्लेका साथ बजारमा ल्याएको छ । सुबिसु क्यान इन्फोटेक मेलामा कोनिका मेनोेलोटा नामक एक ए ३ कलर मल्टिफङ्सन फोटोकपी मेसिन तथा प्रिन्टर पनि प्रदर्शनीमा छन् । मेसिनमा स्पिड १६ पीपीएम, पेपरको क्षमता २ सय ५० सिटजस्ता विशेषता छन् । कोनिका प्रिन्टरको मूल्य ५ लाख ७६ हजार छ ।