खानेबानीमा सुधार ल्याउन फागुन १० देखि १३ सम्म खाद्य मेला हुदै

‘परम्परागत पोषिला र स्थानीय खाद्य पदार्थको प्रवद्र्धन गरौ, असल पोषणका लागि खानेबानीमा सुधार गरौ’ भन्ने मूला नाराका भृकुटीमण्डपमा खाद्य मेला हुने भएको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बुधबार पत्रकार सम्मेलन गरेर जानकारी दिइएको हो ।

काठमाडौं । पोषणयुक्त खानेकुरामा सुधार तथा परिवर्तन गर्ने उदेश्यले यहि फागुन १० गतेदेखि १३ गतेसम्म चौथो खाद्य मेला हुने भएको छ । ‘परम्परागत पोषिला र स्थानीय खाद्य पदार्थको प्रवद्र्धन गरौ, असल पोषणका लागि खानेबानीमा सुधार गरौ’ भन्ने मूला नाराका भृकुटीमण्डपमा खाद्य मेला हुने भएको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बुधबार पत्रकार सम्मेलन गरेर जानकारी दिइएको हो ।

मेलामा विभिन्न जातजाति, विभिन्न शिक्षण संस्थाहरु, पोषणा तथा मधुमेह सम्बन्धी विभिन्न व्यवसायिक संस्थाको गरी ७५ वटा खाद्य स्टल रहने विभागले जानकारी दिएको छ । विभागले खाद्य प्रविधि तथा होटल व्यवस्थापन विषयमा अध्ययन गर्न इच्छुक विद्यार्थीहरुका लागि मेलामा सुनौलो अवसर हुने बताएको छ ।

मेलामा सहभागी हुने स्टललाई खाद्य उद्योग, खाद्य सम्बन्धी प्रदर्शनी तथा खाद्य परिकार समूह गरी तीन विधामा प्रथम, द्वितीय, तृतीय र सान्तवना स्थान प्राप्त गर्नेलाई नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्ने छ ।
उकृष्ट स्टलहरुको चयनका लागि विभागले विभिन्न मापदण्डहरु पनि तय गरेका छ । विभागका अनुसार लाइसेन्स प्राप्त भएको अवस्था, लाइसेन्स नविकरण गरेको अवस्था, फुड प्याकेजमा खाद्य सम्बन्धी आवश्यक जानकारी राखेको, खाद्यमा स्थानीय बस्तुहरुको प्रयोग, स्टलको सरसफाई, डिस्प्ले र सजावटजस्ता आधारमा उत्कृष्ट स्टलको चयन हुनेछ ।

विगतका बर्षहरुमा पनि विभागले खाद्य मेला गर्दै आएको छ । यो खाद्य मेला चौथो संस्करणको रुपमा आयोजना गरिएको र मेलाका लागि झन्डै २० लाख रुपैयाँ अनुमानित बजेट खर्च हुने विभागले जनाएको छ ।

मेलामा निशुल्क स्टल व्यवस्थापन र प्रवेश शुल्क पनि निशुल्क नै गरिएको छ । खासगरी पछिल्लो पटक पौष्टिक र गुणस्तरीय खानाको कमीले पुड्कोपन, ख्याउटे, कम तौल र कुपोषण जस्ता रोगहरु लाग्ने गरेका छन् ।

त्यस्का रोगव्याधी तथा समस्या आउन नदिन शुरक्षित पौष्टिक आहार र खानेबानीमा सुधार ल्याउन सरकारी स्तरबाट हरेक बर्ष खाद्य विभागले खाद्य मेला गर्दै आएको विभागका महानिर्देश सन्जीव कर्णले जानकारी दिए ।