स्वतन्त्र अनुसन्धानबाट प्राप्त तथ्याङ्कका अनुसार मासिक उत्कृष्ट बिक्रीकर्ताको सूचीमा मारुति सुजुकीले सात ओटा स्थान लिएको छ भने बाँकीका तीन स्थान ह्युन्डाई कम्पनीले लिएको छ ।
एजेन्सी । गत जनवरीमा सबैभन्दा बढी बिक्री हुने दश शीर्ष निजी वाहनहरुको सूचीमा मारुति सुजुकी र ह्युन्डाईको वर्चस्व रह्यो । यी दुई कम्पनीले लगातार तेस्रो महिनासम्म कुनै पनि कार निर्माण कम्पनीका लागि स्थान खाली गरेका छैनन् ।
भारतीय अटोमोबाइल निर्माण समाज एसआईएएम र स्वतन्त्र अनुसन्धानबाट प्राप्त तथ्याङ्कका अनुसार मासिक उत्कृष्ट बिक्रीकर्ताको सूचीमा मारुति सुजुकीले सात ओटा स्थान लिएको छ भने बाँकीका तीन स्थान ह्युन्डाई कम्पनीले लिएको छ ।
गत वर्षको अक्टोबर महिनासम्म मारुति सुजुकीले छ ओटा स्थान कब्जा गरेको थियो भने अन्य स्थान ह्युन्डाई र टाटा मोटर्सले कब्जा गरेका थिए । अक्टोबर २०१८ अघिसम्म होन्डाको अमेज कार र रेनोको क्विडले शीर्ष दशको सूचीमा स्थान बनाएका थिए ।
तथ्याङ्कअनुसार मारुतिको अल्टो, डिजाएर, स्विफ्ट, बालेनो र भितारा ब्रेजा गत महिनाका पाँच उत्कृष्ट बिक्री भएका कारमा परेका छन् भने छैठौं, सातौं र आठौं स्थान ह्युन्डाईको इलाइट आई२०, क्रेटा र ग्रान्ड आइ१०ले कब्जा गरेका छन् । अन्तिम दुई शीर्ष स्थान पनि मारुतिकै वागेनआर र सेलेरियोले ओगटेका छन् ।