राजनीतिक विज्ञापनका लागि ट्वीटरले मार्चबाट नयाँ नीति कार्यान्वयन गर्ने

ट्वीटरले आफ्नो नयाँ नीति आगामी मार्च ११ बाट कार्यान्वयन गर्ने बताएको छ । त्यसपछि प्रमाणपत्र भएका विज्ञापनकर्ताले मात्र ट्वीटरको प्लेटफर्ममा राजनीतिक अभियानका विज्ञापन सञ्चालन गर्न अनुमति पाउने छन् ।

एजेन्सी । ट्वीटरले आफ्नो राजनीतिक विज्ञापन नीतिलाई युरोपेली युनियनका साथै भारत तथा अस्ट्रेलियामा पनि विस्तार गरिरहेको बताएको छ ।

ट्वीटरले आफ्नो नयाँ नीति आगामी मार्च ११ बाट कार्यान्वयन गर्ने बताएको छ । त्यसपछि प्रमाणपत्र भएका विज्ञापनकर्ताले मात्र ट्वीटरको प्लेटफर्ममा राजनीतिक अभियानका विज्ञापन सञ्चालन गर्न अनुमति पाउने छन् ।

‘राजनीतिक विज्ञापनकर्ताले अब प्रमाणपत्रका लागि आवेदन दिनैपर्छ र यो प्रक्रियाको सबै कुरा पूरा गर्नुपर्छ,’ कम्पनीको विज्ञप्तिमा उल्लेख छ । साथै कम्पनीले आफ्नो यो नीति २०१९ भरिमा अन्य प्रमुख बजारहरुमा पनि विस्तार गर्ने बाचा गरेको छ ।

ट्वीटरले आफ्नो यस्तो नीति पहिलो पटक अमेरिकामा ल्याएको थियो । उसले कुनै पनि किसिमका विज्ञापन राख्न केही सीमितता र प्रमाणपत्रका प्रक्रियाहरु लागू गरेको थियो ।