सिन्डिकेटधारी सल्बलाएपछि सरकार सक्रिय, तराई यातायात व्यवसायी सङ्घ ‘रिन्यु’ भएन

पार्किङ शुल्कका नाममा रकम असुल्ने, ट्रकलाई क्युमा राखेर मात्रै पठाउने, मनपरी भाडा तय गर्नेलगायतका धन्दा चलाउँदै आएपछि सरकारले उक्त संस्था खारेज गर्ने प्रक्रिया अघि बढाएको जिल्ला प्रशासन कार्यालय बाराका प्रमुख जिल्ला अधिकारी राजेश पौडेलले क्यापिटल नेपाललाई जानकारी दिए ।

काठमाडौं । तराई यातायत व्यवसायी सङ्घ खडा गरेर सिन्डिकेट चलाउँदै आएपछि सरकारले उक्त संस्थलाई खारेज गर्ने प्रक्रिया अघि बढाएको छ ।

पार्किङ शुल्कका नाममा रकम असुल्ने, ट्रकलाई क्युमा राखेर मात्रै पठाउने, मनपरी भाडा तय गर्नेलगायतका धन्दा चलाउँदै आएपछि सरकारले उक्त संस्था खारेज गर्ने प्रक्रिया अघि बढाएको जिल्ला प्रशासन कार्यालय बाराका प्रमुख जिल्ला अधिकारी राजेश पौडेलले क्यापिटल नेपाललाई जानकारी दिए ।

‘सिन्डिकेट लगाएर धन्दा चलाएको उजुरी आएपछि उक्त संस्थामाथि छानबिन सुरु गरिएको हो । मैले प्रहरीलाई पनि यस विषयमा गम्भीर हुन निर्देशन दिएको छु’ उनले भने, ‘सिन्डिकेट निस्तेज पार्ने सरकारको अभियान हो । त्यसैले कसैले पनि सिन्डिकेट चलाएर धन्दा गर्न सक्दैन् ।’

‘सङ्घका अध्यक्षलाई बोलएर मैले यस विषयमा अवगत गराइसकेको छु,’ उनले भने, ‘उहाँहरुले मान्नु भएन भने सरकार कानुनअनुसार अघि बढ्छ ।’

याे पनि पढ्नुस : ‘सिन्डिकेट’ चलाउन जन्मियो तराई यातायात व्यवसायी सङ्घ

ट्रकलाई क्युमा राखेर ढुवानीका लागि पठाउने, अवैज्ञानिक भाडादर तय गर्नेलगायत उजुरी परेपछि बारा जिल्लाले सुक्ष्म रुपमा अध्ययन गरिरहेको छ । उनीहरुले धर्मकाटा (तौलपुल) बापत ठूलो रकम उठाउने, उठाएको रकम कहाँ कसरी खर्च हुन्छ भन्नेसमेत केही रेकर्ड नै नभएको पौडेलले जानकारी दिए ।

उनका अनुसार यो संस्था कसरी दर्ता भयो प्रशासनलाई थाहा छैन । ‘म प्रमुख जिल्ला अधिकारी भएर आएपछि उनीहरुले दर्ता रिन्यु गर्नुपर्यो भनेर फाइल लिएर आएका थिए । संस्था रिन्यु होइन्, राखेज गर्नुपर्छ । यसरी सिन्डिकेट लगाउने संस्था खोल्न पाइन्न भनेको छु,’ उनले भने ।

त्यसैगरी, ट्रकको तौल गर्ने मेसिन सरकारले चलाउनुपर्ने धारणा राखे । हेटौंडामा सरकार आफैले चलाएको छ, अन्य ठाउँमा पनि स्थानीय तहले सञ्चालन गर्नुपर्ने उनको भनाइ छ ।

उद्योगीका अनुसार सङ्घले धमाधाम ट्रकको भाडा बढाइरहेको छ । वीरगन्जका उद्योगीका अनुसार दिनैपिच्छै ट्रकको भाडा बढाइरहेका छन् । अहिलेसम्म नियन्त्रण हुन नसकेको उनीहरुको गुनासो छ ।

पाँच नम्बर प्रदेशमा डीआईजी पिताम्बर अधिकारीले राज्यको कानुनविपरीत गएर काम गर्ने कसैलाई पनि नछोड्ने बताए । ‘गैरकानुनी रुपमा सङ्घ खडा गरेर त्यसमार्फत धन्दा चलाउन पाइन्न,’ उनले भने, ‘यदि त्यस्तो गरेको थाहा पाए, प्रहरीले छाड्दैन ।’