स्पेनको बार्सिलोनामा आयोजना हुने मोबाइल वल्र्ड कङ्ग्रेस एमडब्ल्यूसी २०१९ मा हुवावेले त्यस किसिमको आफ्नो पहिलो प्रोडक्ट शोकेस गर्ने भएको हो ।
एजेन्सी । हुवावे कम्पनीले आफ्नो पहिलो फोल्ड गर्न मिल्ने स्मार्टफोन शोकेस गर्दैछ । स्पेनको बार्सिलोनामा आयोजना हुने मोबाइल वल्र्ड कङ्ग्रेस एमडब्ल्यूसी २०१९ मा हुवावेले त्यस किसिमको आफ्नो पहिलो प्रोडक्ट शोकेस गर्ने भएको हो ।
कार्यक्रम बार्सिलोनाको स्थानीय समयअनुसार दिनको दुई बजे अर्थात नेपालको समयअनुसार बेलुकी ६ः४५ बाट सुरु हुँदैछ । सो स्मार्टफोन लन्च गर्न हुवावेले लाइभस्ट्रिमिङ होस्ट गर्ने बताएको छ । फेसबुक पेजमा पनि उक्त कार्यक्रम लाइभस्ट्रिमिङ हुने बताइएको छ ।
मेट एक्स नाम दिइएको हुवावेको उक्त फोल्डेबल फोन हिजोबाट अनलाइनमा लिक भएको छ । लिक भएको विवरणमा सो फोन विश्वकै पहिलो फोल्डेबल फाइभ–जी फोन रहेको बताइएको छ । हुवावेको यो फाइभ–जी फोल्डेबल स्मार्टफोनमा ७.२ इन्चको फोल्डेबल डिस्प्ले छ । हुवावेको यस फोनको अन्य फिचरबारे लिक विवरणमा उल्लेख गरिएको छैन ।
सामसुङले गत हप्ता आफ्नो फोल्डेबल फोन ग्यालेक्सी सार्वजनिक गरेको थियो । त्यसको मूल्य १९८० अमेरिकी डलर तोकिएको छ । सामसुङका अनुसार उक्त फोन आगामी अप्रिल महिनादेखि बजारमा आउने छ, तर त्यस मोडलमा फाइभ–जी सपोर्ट छ वा छैन भन्ने कुरा उसले पुष्टि गरेको छैन ।
हुवावेका अतिरिक्त २०१९ मा जियोमीले पनि आफ्नो फोल्डेबल फोन सोअफ ट्वीटर र विबोमा गरिसकेको छ ।