सुनसरीमा चौधरी ग्रुपकाे सीजी इन्डष्ट्रियल पार्क शिलान्यास

सङ्घीय मामिला तथा उपप्रधानमन्त्री विजयकुमार गच्छदार, पर्यटन राज्यमन्त्री सुमित्रा थरुनी, नेकपा एमालेका नेता भीम आचार्य, चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरी तथा प्रबन्ध निर्देशक निर्वाण चौधरीले संयुक्त रुपमा आज आइतबार सो औद्योगिक पार्कको शिलान्यास गरेका हुन् ।

नेपालको अग्रणी औद्योगिक घराना चौधरी ग्रुपले सुनसरीको बढि गाउँपालिकामा सीजी इन्डष्ट्रियल पार्क बनाउने भएको छ । सङ्घीय मामिला तथा उपप्रधानमन्त्री विजयकुमार गच्छदार, पर्यटन राज्यमन्त्री सुमित्रा थरुनी, नेकपा एमालेका नेता भीम आचार्य, चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरी तथा प्रबन्ध निर्देशक निर्वाण चौधरीले संयुक्त रुपमा आज आइतबार सो औद्योगिक पार्कको शिलन्यास गरेका हुन् ।

उद्घाटन कार्यक्रममा चौधरी ग्रुपका अध्यक्ष बिनोद चौधरीले भने, ‘राजनीति परिवर्तनपछि आर्थिक क्रान्ति हुनुपर्छ । सङ्घीयता कार्यान्वयन भएपछि विकासको दौड सुरू भएको छ । सातैओटा प्रदेशमा प्रतिस्पर्धा गरेर विकास हुनुपर्छ ।’ कुल साढे २० बिघा क्षेत्रफलमा फैलिएको सो औद्योगिक पार्क निर्माणमा पहिलो चरणमा ७० करोडको लगानी हुनेछ भने फुल फेजमा जाँदा यसको लगानी ७ अर्ब हुने छ । पहिलो चरणमा वाइवाइ चाउचाउ उत्पादन गरिने यस पार्कमा फुल फेजमा गएपछि चाउचाउ सहित स्नाक्स, ब्रुअरी लगायत ६ ओटा उद्योग सञ्चालन हुनेछन् । पार्कमा २ हजारले रोजगारी पाउने छन् ।

चौधरी ग्रुपका अहिले नवलपरासीको नवलपुरस्थित सिजी इन्डष्ट्रियल पार्कमा १३ ओटा उद्योग छन् । बर्दियाको उद्योगमा चाउचाउ उत्पादन भइरहेकोमा निकट भविष्यमा अन्य उद्योग थपिने छन् । यसैगरी राजधानीस्थित भैँसेपाटीमा सीजी फुड पार्क छ ।