एनसेलको टावरमा भएको आक्रमणको उद्योग वाणिज्य महासंघले गर्यो निन्दा, अपराधीलाई हदैसम्म कार्वाहीको माग

यस्ता घटनामा संलग्न ब्यक्ति र समूहलाई तत्काल कानूनको कठघरामा ल्याई हदैसम्मको कारबाहीका साथै उद्योग व्यवसायको वातावरण, देशभित्र शान्ति सुरक्षा र अमनचयनको प्रत्याभुति दिलाउन समेत महासंघले सरकारसंग माग गरेको छ ।

काठमाडौैं । निजी मोवाइल सेवा प्रदायक एनसेल प्राइभेट लिमिटेडको टावरमा आक्रमण गर्नेमाथि कार्वाही गर्न नेपाल उद्योग वाणिज्य महासंघले सरकारको ध्यानकर्षण गराएको छ ।

यस्ता घटनामा संलग्न ब्यक्ति र समूहलाई तत्काल कानूनको कठघरामा ल्याई हदैसम्मको कारबाहीका साथै उद्योग व्यवसायको वातावरण, देशभित्र शान्ति सुरक्षा र अमनचयनको प्रत्याभुति दिलाउन समेत महासंघले सरकारसंग माग गरेको छ ।

यस्ता घटनाले मुलुकलाई कतातर्फ लैजान्छ त्यसलाई गम्भीर भएर सोच्ने बेला आएको ठहर महासंघले गरेको छ । देशभित्र राजनीतिक स्थिरता कायम भई आर्थिक विकासको मार्गमा देश अगाडी बढने वातावरण बनिरहेको अवस्थामा भएका यस्ता आतंककारी घटनाले मुलुकलाई पुनःएकपटक झस्काएको महासंघले स्पष्ट पारेको छ ।