यो फोनले मोबाइलमा हुने एक्स्ट्रा क्यामेरा ट्रेन्डलाई नयाँ लेवलमा पुर्याउन सक्ने खबर आएको छ ।
एजेन्सी । एचएमडी ग्लोबलले नोकियाको नयाँ मोडल नोकिया ९ पियरभ्यू सार्वजनिक गर्दैछ । यो फोनले मोबाइलमा हुने एक्स्ट्रा क्यामेरा ट्रेन्डलाई नयाँ लेवलमा पुर्याउन सक्ने खबर आएको छ । लिक भएका विभिन्न खबरका अनुसार नोकिया ९ पियरभ्यूमा पछाडिपट्टि पाँच ओटा क्यामेरा अथवा पेन्टाक्यामेरा सेटअप रहेको खबर छ । सामान्यतया मोबाइलमा दुईदेखि तीन ओटासम्म क्यामेरा रहने गर्छन् ।
टिप्सटर तथा इभान ब्लासले नोकिया ९ पियरभ्यूका तस्बिर सेयर गरिरहेका छन् । इभान ब्लासले सेयर गरेको तस्बिरअनुसार यो मोडलमा अगाडिपट्टि नोच्ड डिस्प्ले छैन । फोनको पछाडिपट्टिको फिनिसिङ ग्लासजस्तै छ । पाँच ओटा क्यामेरलाई गोलाकार बनाएर राखिएको छ ।
नोकिया ९ पियरभ्यूमा पनि एन्ड्रोडल छ । अहिले नोकियाका धेरै फोनमा यो ट्रेन्ड छ ।
यसअघि नै लन्च हुने भनिएको यो फोनमा क्यामरासम्बन्धी प्राविधिक समस्याका कारण लन्च हुन ढिलाइ भएको खबर आएका छन् ।