यसअघि अध्यक्षमा चुनाव लडिसकेका राजकर्णिकार महासंघको विधान संशोधनको अवस्था हेरेर महासंघकै चुनावमा जाने संकेत समेत गरेका छन् । विधानले दिए कि अध्यक्ष नत्र वरिष्ठ उपाध्यक्षमा नै चुनाव लड्ने मनस्थिती बनाएका राजकर्णिकारले त्यसका लागि महासंघमा आफु निकट उद्योगी तथा व्यवसायीसँगसमेत छलफल गर्न थालेका छन् ।
काठमाडाैं । नेपाल उद्योग वाणिज्य महासंघबाट ५ बर्ष टाढा रहेका भाष्करराज राजकर्णिकार पुनः महासंघसँग नजिकिएका छन् । ५ वर्षअघि प्रदीपजंग पाण्डेसँग अध्यक्षमा पराजित भएपछि महासंघसँग टाढिएका राजकर्णिकार अहिले नजिकिन थालेका हुन् ।
महासंघको एक वर्षपछि हुने निर्वाचनको रणनीतिसहित राजकर्णिकार महासंघप्रति आफ्नो निकटता देखाएका छन् । ५ बर्षअघि महासंघ छाडेर नेपाल चेम्बर अफ कमर्समा सक्रिय भएका कर्णिकार पछिल्लो पटक चेम्बरबाट टाढा नै बसेका छन् । महासंघको चुनावी वर्ष भएकाले राजकर्णिकारले अहिले महासंघका पदाधिकारी र कार्यकार्यसमिति सदस्यहरुसँग छलफलमासमेत जुटेका छन् ।
यसअघि अध्यक्षमा चुनाव लडिसकेका राजकर्णिकार महासंघको विधान संशोधनको अवस्था हेरेर महासंघकै चुनावमा जाने संकेत समेत गरेका छन् । विधानले दिए कि अध्यक्ष नत्र वरिष्ठ उपाध्यक्षमा नै चुनाव लड्ने मनस्थिती बनाएका राजकर्णिकारले त्यसका लागि महासंघमा आफु निकट उद्योगी तथा व्यवसायीसँगसमेत छलफल गर्न थालेका छन् ।
‘महासंघमा म केहि वर्ष टाढा भएकै हो, अब साथीहरुले फेरि मेरो आवश्यकता महसुस गर्नुभयो भने म आउन सक्छु,’ राजकर्णिकारले क्यापिटल नेपालसँग भने । अहिले महासंघ विधान संसोधनको अवस्थामा रहेको छ, विधान संशोधन भए या नभए म त्यहि अनुसार महासंघमा आउने उनले बताए ।
महासंघकै एक पदाधिकारीले राजकर्णिकार पछिल्लो पटक महासंघसँग निकट भएको बताए । ‘उहाँ आगामी चुनावलाई लक्षित गरेर महासंघसँग नजिक हुनुभएको छ,’ ती पदाधिकारीले बताए ।