फागुन १६ देखि १२ औं राष्ट्रिय प्राङ्गारिक कृषि प्रर्दशनी मेला

कृषि पुर्वाधार विकास तथा कृषि यान्त्रीकरण प्रवद्र्धन केन्द्रको आयोजनामा हुने चार दिने प्राङ्गारिक कृषि मेलामा प्राङ्गारिक कृषि विषयमा सांस्कृतिक कार्यक्रम, प्राङ्गारिक कृषि सम्वन्धी प्राविधिक सुचनाहरु र प्रस्तुतीकरण हुने मंगलवार पत्रकार सम्मेलन गरी जानकारी गराइएको हो ।

काठमाडौं । ‘प्राङ्गारिक कृषि पद्धती अपनाऔ, माटो र जीवन बचाऔं’ भन्ने मुल नाराका साथ ललितपुरको जावलाखेल मैदानमा यही फागुन १६ गते देखि बाह्रौ राष्ट्रिय प्राङ्गारिक कृषि प्रर्दशनी मेला हुने भएको छ ।

कृषि पुर्वाधार विकास तथा कृषि यान्त्रीकरण प्रवद्र्धन केन्द्रको आयोजनामा हुने चार दिने प्राङ्गारिक कृषि मेलामा प्राङ्गारिक कृषि विषयमा सांस्कृतिक कार्यक्रम, प्राङ्गारिक कृषि सम्वन्धी प्राविधिक सुचनाहरु र प्रस्तुतीकरण हुने मंगलवार पत्रकार सम्मेलन गरी जानकारी गराइएको हो ।

फाल्गुन १९ गते सम्म संचालन हुने मेलामा प्राङ्गारिक कृषि गर्ने जो कोहीलाई पनि निःशुल्क स्टलको व्यवस्था गरिएको आयोजित पत्रकार सम्मेलनमा कृषि विभागका उप—महानिर्देशक प्रकाश सञ्जेलले जानकारी दिए । मेलामा प्राङ्गारिक उत्पादन गर्ने मल देखि विभिन्न उत्पादनको एक सय २५ स्टल रहने जनाइएको छ ।

त्यस्तै उत्कृष्ट प्राङ्गारिक कृषि उजपहरुलाई पुरस्कार वितरण, प्रदर्शनीमा सहभागीहरुलाई सहभागितको प्रमाणपत्र पनि दिईने विभागका उपमहानिर्देकश सञ्जलले जानकारी दिए ।

त्यसैगरी प्राङ्गारिक तथा रैथाने परिकार महोत्सव, प्राङ्गारिक कृषि सम्वन्धी प्यानल तथा अन्तरक्रिया कार्यक्रम, प्राङ्गारिक कृषि उपजहरुको विक्री वितरणका साथै बाली उपचार शिविर, माटो परिक्षण लगायतका सेवाहरु प्रदान गरिने केन्द्रले जनाएको छ ।

मेलामा प्रधानमन्त्री कृषि आधुनीकरण परियोजना, बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्र, कृषि क्षेत्र विकास कार्यक्रम, राष्ट्रिय आलु तरकारी तथा मसलाबाली विकास केन्द्र, साना तथा मझौला कृषक आयस्तर वृद्धि आयोजना, किसानका लागि उन्नत बिउ कार्यक्रम, कृषि उद्यम केन्द्र, हेल्भेटास नेपाल र हसेरा एग्रीकल्चर रिर्सच एण्ड ट्रेनिङ्ग सेन्टर सहआयोजक रहेको छ ।

त्यसैगरी खाद्यका लागि कृषि कार्यक्रम, राष्ट्रिय कृषक समुह महासंघ नेपाल र अर्गानिक सर्टि्फिकेसन नेपालले सहकार्य गरेको छ ।

झण्डै ३५ लाख खर्च हुने गरि आयोजना हुन लागेको प्राङ्गारिक कृषि प्रर्दशनी मेलामा प्राङ्गारिक कृषि उपजको उत्पादन एवम् बजार स्थितीबारे सरोकारवालाहरुलाई सुसुचित गर्ने, देशको विभन्न भागमा उत्पादित प्राङ्गारिक कृषि उपजहरुको प्रर्दशनी, प्राङ्गारिक कृषि बस्तुहरुको खरिद विक्री, प्राङ्गारिक कृषि सामाग्री तथा खेती प्रविधि सम्बन्धी प्रर्दशन, प्राङगारिक सुचना केन्द्रबाट जानकारी दिने लगायतका व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

पछिल्लो समय नेपालमा व्यवसायिक उत्पादनका नाममा बढी मुनाफा आर्जन गर्न रसायनिक मलको बढदो प्रयोगले मानव स्वास्थ्वलाई जोखिम बनाइ रहेको बेला प्राङ्गाारिक कृषि प्रर्दशनी मेलाले सहयोग पुग्ने आयोजकले विश्वास लिएको छ ।