काठमाडौं मल खाली गर्न सञ्चयकोषकाे सुचनाले व्यापारी त्रसित,व्यापारीको अर्बौ रूपैयाँ जाेखिममा

काठमाडौं मल सञ्चालनका लागि सञ्चय कोषका कोषले स्पष्ट नीति अवलम्वन गर्न नसक्दा मलमा व्यवसाय गर्ने व्यापारीहरुमा मर्कामा परेको र व्यापारीको अर्बौ रुपैयाँ जोखिममा परेको पत्रकार सम्मेलन गरि जानकारी गराइएको छ ।

काठमाडौं । काठमाडौं मलको भवनमा व्यवसाय गरिरहेका व्यापारीहरुलाईलाई २१ दिनभित्र ठाउँ खाली गर्ने निर्णयले व्यापारीको विचल्ली भएको छ ।

काठमाडौं मल सञ्चालनका लागि सञ्चय कोषका कोषले स्पष्ट नीति अवलम्वन गर्न नसक्दा मलमा व्यवसाय गर्ने व्यापारीहरुमा मर्कामा परेको र व्यापारीको अर्बौ रुपैयाँ जोखिममा परेको पत्रकार सम्मेलन गरि जानकारी गराइएको छ ।

व्यवसायको पुर्नव्यवस्थापनलाई ध्यानमा नदिइ २१ दिनभित्र व्यवसाय गरिएको ठाउँ खाली गर्न गरिएको निर्णय वास्तविक व्यापारी भन्दा विचौलियाको पक्षमा रहेको द काठमाडौं मल व्यापार संघका अध्यक्ष सुस्मा महराले जानकारी दिए ।

काठमाडौं मल व्यापारिक केन्दका रुपमा २०६२ सालदेखि सञ्चालनमा आएको हो । निकै कष्टकर अवस्थामा ब्यवसाय गरिरहेका ब्यवसायीहरुको अनुरोधमा संचय कोष आफै आएर ब्यवस्थापन समाल्न थालेपछि डुबेका ब्यपारीहरुले केहि राहतको महसुस गर्न नपाएको व्यापारीको गुनासो छ । मलमा ३ सय व्यापारीहरुले व्यवसाय गर्दै आएका छन् ।

दिर्घकालीन लाभको लागी मलमा लगानी गरेका व्यापारीहरुले ढुक्कसँग व्यवसाय गर्ने वातावारण नभइ अस्थिरता र त्रासपूर्ण वातावरण बनाउन खोजिएको संघका अध्यक्ष महराले बताए ।

मलमा २ महिना वितिसक्दा पनि भाडा निधारण गर्न सकेको छैन । संचय कोषका कर्मचारीले कहिले कर कार्यालयको अफिस राख्ने कहिले नगरपालिकाले सबै भवनमा अफिस राख्न लागेको छ ।

‘सञ्चय कोषले जसरी पनि भवन खाली गर्नैपर्ने भ्रमपूर्ण कुरा गरेर व्यापारीको विचल्ली तथा आत्महत्याको बाटो रोज्न बाध्य पारेको छ’ संघको विज्ञप्तीमा भनिएको छ ।