चौधरी ग्रुपको नयाँ प्रडक्ट ‘सिजी लाइफ सेल’

स्पेनको बार्सिलोनामा जारी वल्र्ड मोबाइल कंग्रेसमा डिजिटल सञ्चार सेवाप्रदायकका रूपमा सिजी लाइफ सेल सार्वजनिक गरिएको छ । सिजी लाइफसेलले नेपालमा नौलो सेवा दिने र यो छिट्टै शुरु हुने चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीले ट्वीटर मार्फत जानकारी दिएका छन् ।

काठमाडौं । चौधरी ग्रुपले नयाँ प्रडक्टको रुवमा ‘सिजी लाइफ सेल ले सिजी लाइफ सेल सार्वजनिक गरेको छ। नेपालमा सिजी टेलिकमको स्वामित्व रहेको चौधरी ग्रुपले टर्कीको टर्कसेलसँगको सहकार्यमा ‘सिजी लाइफ सेल’ सुरू गरेको हो।

स्पेनको बार्सिलोनामा जारी वल्र्ड मोबाइल कंग्रेसमा डिजिटल सञ्चार सेवाप्रदायकका रूपमा सिजी लाइफ सेल सार्वजनिक गरिएको छ । सिजी लाइफसेलले नेपालमा नौलो सेवा दिने र यो छिट्टै शुरु हुने चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीले ट्वीटर मार्फत जानकारी दिएका छन् ।
यो सेवा शुरु गर्नका लागि सिजी टेलिकम र ट्रकसेलबीच समझदारी भएको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाको उपस्थितिमा सिजी र टर्कसेलबीच सम्झौेता भएको छ।

उनले पूर्वाधार निर्माण गर्न संसारकै ठूलो दूरसञ्चार पूर्वाधार निर्माता हुवावेसँग सम्झौता हुने बताएका छन् ।चौधरी ग्रुपले पनि नेपालमा सिजी लाइफमार्फत इन्टरनेटमा आधारित दूरसञ्चार सेवा प्रदान गर्ने उद्देश्यले सेवा सार्वजनिक गरेको हो। डिजिटल अपरेटर भनिने यस्ता सेवाप्रदायकले इन्टरनेट टेलिफोन सेवा प्रदान गर्न सक्छन। नेपालमा हालसम्म यस्तो सेवाप्रदायक छैनन।

नेपालमा आधारभूत मोबाइल सेवाको अनुमति पर्खिरहेको चौधरी समूहले टर्कसेलको सहायक कम्पनी ‘लाइफसेल’ को अवधारणमा सेवा प्रवाह गर्नेगरी उक्त कम्पनी सार्वजनिक गरेको हो।

लाइफसेलले मोबाइल इन्टरनेट सेवा दिइरहेको छ। युक्रेनमा आधारित यो कम्पनीले मोबाइल एप्लिकेसनमा आधारित विभिन्न सेवा प्रवाह गर्छ। यसले स्टोरेज, संगीत, अनलाइन म्यागेजिन, खेलकुद, भिडियो, सोसल मिडिया प्याकेज दिइरहेको छ।