युनिलिभरको नाफा ११० प्रतिशत बढेर ३२ करोड पुग्यो

गत पुससम्म युनिलिभरले ३२ करोड ७ लाख रुपैयाँ खुदनाफा गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीको नाफा १५ करोड ३० लाख रुपैयाँ मात्र थियो ।

काठमाडौं । बहुराष्ट्रिय कम्पनी युनिलिभर नेपाल लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाशमा नाफा ११० प्रतिशत बढाएको छ । गत पुससम्म युनिलिभरले ३२ करोड ७ लाख रुपैयाँ खुदनाफा गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीको नाफा १५ करोड ३० लाख रुपैयाँ मात्र थियो ।

युनिलिभरले बुधबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको ६ महिनाको वित्तीय विवरणमा १ अर्ब ३८ करोड ८६ लाख रुपैयाँ आम्दानी गरेको छ । गत आर्थिक वर्षको ६ महिनामा १ अर्ब ७ करोड ७७ लाख रुपैयाँ मात्र आम्दानी गरेको थियो ।