ग्यालेक्सी एम सिरिजको तेस्रो स्मार्टफोन लन्च गर्दै सामसुङ

सामसुङले ग्यालेक्सी एम१० र एम २० लाई सहर यो पछिल्लो मोडललाई पनि कुनै विशेष समारोहबिना नै अमेजन, युट्युब र आफ्नो वेबसाइटमा लन्च गर्दै छ । यसको लन्च बेलुकी ६ बजे हुँदै छ । यसको लन्च पहिलो पटक भारतमा हुँदै छ ।

एजेन्सी । सासुङले आफ्नो ग्यालेक्सी एम सिरिजको तेस्रो स्मार्टफोन लन्च गर्दै छ । सो फोन एक्सक्लुसिभ्ली अमेजनमा बिक्री हुने र त्यसको सुरुवाती मूल्य १४ हजार ९ सय ९० भारु हुने बताइएको छ । ग्यालेक्सी एम सिरिज स्मार्टफोनको एउटा अनलाइन एक्सक्लुसिभ सिरिज हो । यसलाई कम्पनीले भारतमा जिओमी रेडमी स्मार्टफोनसँग प्रतिस्पर्धामा उतार्न ल्याएको छ । सामसुङ कम्पनीका अनुसार कम्पनीको इन्फिनिटी यु डिस्प्ले फिचर भएको यो पहिलो स्मार्टफोन सिरिज हो ।

सामसुङले ग्यालेक्सी एम१० र एम २० लाई सहर यो पछिल्लो मोडललाई पनि कुनै विशेष समारोहबिना नै अमेजन, युट्युब र आफ्नो वेबसाइटमा लन्च गर्दै छ । यसको लन्च बेलुकी ६ बजे हुँदै छ । यसको लन्च पहिलो पटक भारतमा हुँदै छ ।

सामसुङले आफ्नो यो पछिल्लो मोडलका धेरै प्रमुख फिचर यसअघि नै अनलाइनमा खुलासा गरिसकेको छ । यो फोनमा ६.४ इन्चको सुपर एमोलेड इन्फीनिटी यु डिस्प्ले रहनेछ र यसमा २२२०८१०८० पिक्सल्सको रिजोलुसन छ । यो फोनलाई कम्पनीको आफ्नै एक्जिनोस ७९०४ प्रोसेसरले पावर्ड गरेको हो । यसमा ४जिबि÷६ जीबी र्याम र ६४ जीबी÷१२८ जीबी इन्टरनल स्टोरेज छ ।

यसमा ५००० एमएएच नन रिमुभेबल ब्याट्री रहेको छ । यसमा पछाडिपट्टि तीन ओटा क्यामेरा र अगाडिपट्टि एउटा क्यामेरा छ ।