महिन्द्रा एक्सयुभि ३०० र टाटा निक्सनमा कुन हो त सस्तो डिजल कार

एक्सयुभिको अहिले बजारमा निकै चर्चा छ भने नेक्सन पनि धेरै बिक्री हुने गाडीमध्ये एउटा हो । यी दुबै गाडी पेट्रोल र डिजल इंजिनमा उपलब्ध छन् ।

एजेन्सी, १४ फागुन । महिन्द्रा कार कम्पनीले हालै एक्सयुभि ३०० नेपालमा लन्च गरेको छ । त्यस्तै टाटा नेक्सनले एनसीएपी क्रेश परिक्षणमा पाँचवटा स्टार पाइसकेको छ । एक्सयुभिको अहिले बजारमा निकै चर्चा छ भने नेक्सन पनि धेरै बिक्री हुने गाडीमध्ये एउटा हो । यी दुबै गाडी पेट्रोल र डिजल इंजिनमा उपलब्ध छन् ।

महिन्द्रा एक्सयुभिको डिजल इंजिनमा डेढ लिटरको चार सिलिण्डरवाला टर्बोचार्ज डिजल इंजिन रहेको छ जुन ३७५० आरपीएममा ११५ बीएचपीको पावर र १५०० देखि २५ सय आरपीएममा ३०० एनएमको टर्क दिन्छ ।
त्यस्तै टाटा नेक्सनमा पनि डेढ लिटरको चारवटा सिलिण्डरवाला टर्बोचार्ज डिजल इंजिन छ । जसले १०८ बीएचपीको पावर र २६० एनएमको टर्क दिन्छ ।

महिन्द्राको पावर आउटपुट नेक्सनभन्दा धेरै छ । नेक्सन डिजल ६ स्पीड एएमटी अटोम्याटिक ट्रान्समिशनको साथमा आउँछ तर एक्सयुभिमा मात्र ६ स्पीड म्यानुएल ट्रान्समिशन पाइन्छ ।

महिन्द्रा एक्सयुभिको डिजल इंजिन चार भेरियन्ट डब्ल्यु४, डब्ल्यु६, डब्ल्यु८ र डब्ल्यु८ ओमा पाइन्छ । त्यस्तै टाटा निक्सनको डिजल इंजिन पाँच भेरियन्ट एक्स ई, एक्स एम, एक्स टी, एक्स जेट र एक्सजेट प्लसमा पाइन्छन् ।
नेक्सनको एन्ट्री लेभल एक्स ई भेरियन्टको मूल्यको तुलना एक्सयुभि ३०० को एन्ट्री लेवल डब्ल्यु४ वेरियन्टसँग गर्ने हो भने दूईमा करिब डेढ लाख भारतीय रुपयाँको अन्तर आउँछ ।

नेक्सन एक्स ई डिजल भेरियन्टको मूल्य ६ लाख ३६ हजार रुपयाँको राखिएको छ भने महिन्द्रा एक्सयुभि ३०० को डब्ल्यू४ भेरियन्टको मूल्य आठ लाख ४९ हजार रुपयाँ रहेको छ ।