लुइ फिलिप नेपालमा

आदित्य बिर्ला फ्यासन एण्ड रिटेलले लुइ फिलिप ब्राण्ड नेपालमा भित्र्याएको छ । रिटलले लबिम मल ललितपुरमा प्रिमियर मेन्स वेयर ब्राण्ड लुइ फिलिप ल्याएको हो ।

युएइ, कतार, ओमान, साउदी अरेविया, बहराइन, कुवेत र श्रीलङ्कालगायत बजारमा पुगेपछि मात्रै नेपालमा लन्च भएको हो । नेपालका लागि भारतीय राजदूत मञ्जीव सिंह पुरी साथमा आदित्य बिर्लाका अन्तर्राष्ट्रिय बजारका निर्देशक विक्रम सिवदासबाट आदित्य फ्याशन रिटेलको उद्घाटन गरिएको थियो ।

उक्त अवसरमा बोल्दै आदित्य बिर्लाका फ्याशन रिटेलका बजारका निर्देशक सिवदासले भने, ‘लुइ फिलिपको पहिलो एक्सक्लुसिप ब्राण्डका साथ हामीले नेपालमा बढ्दै गइरहेको उत्कृष्ट गुणस्तरको मेन्सवेयरको आवश्यकतालाई पूरा गर्ने योजना गरेका छौँ ।

नेपालमा अपेरेलको बजारको लागि एउटा विकसित बजार हो किनकी यहाँ फ्याशेनेवल, एलिगेट्स र उत्कृष्ट दर्जाको कालिगरी भएको उत्कृष्ट गुणस्तर प्रिमियर अपेरेलप्रति शहरी पुरुषहरुको रुची बढ्दै गइरहेको छ । लुइ फिलिपको लन्चका साथ सुहाउँदो अपेरेलहरु ल्याएर हामी बढ्दै गइरहेको मागलाईपूरा गर्न सक्ने छौँ ।’

आरपी समुहका प्रालिका निर्देशक रुपेश पाण्डेले भने, ‘हामी लुइ फिलिपसँगआवद्ध भएर नेपालका उपभोक्तालाई प्रिमियर ब्राण्ड उपलव्ध गराउन पाएकोमा अत्यात्त हर्षित छौँ । लुइ फिलिपले आफ्नो गुणस्तरीयतालाई कायम राख्न सधैँ तत्पर रहन्छौं’ ।