४ कम्पनीको औषधी गुणस्तरहिन, विभागले लगायो प्रतिवन्ध

औषधी व्यवस्था विभागले ललितपुरको विजयादीप ल्यावरोट्जि लिमिटेड, वीरगञ्जमा रहेको एपेक्स फर्मास्युटिकल्स प्रालि, बाराको आर्या फर्माल्याप प्रालि र युरोलाइफ हेल्थ केयर प्रालिले उत्पादन गरेको औषधि गुणस्तरहिन भएको ठहर गर्दे उत्पादन तथा बिक्री वितरणमा प्रतिवन्ध लगाएको हो ।

काठमाडौं । गुणस्तहीन औषधी उत्पादन गरेको भन्दै सरकारले ४ ओटा नेपाली औषधी उद्योगलाई उत्पादन तथा बिक्री वितरणमा प्रतिवन्ध लगाएको छ । औषधी व्यवस्था विभागले ललितपुरको विजयादीप ल्यावरोट्जि लिमिटेड, वीरगञ्जमा रहेको एपेक्स फर्मास्युटिकल्स प्रालि, बाराको आर्या फर्माल्याप प्रालि र युरोलाइफ हेल्थ केयर प्रालिले उत्पादन गरेको औषधि गुणस्तरहिन भएको ठहर गर्दे उत्पादन तथा बिक्री वितरणमा प्रतिवन्ध लगाएको हो ।

राष्ट्रिय औषधी प्रयोगशालामा परीक्षण गर्दा ती उद्योगले उत्पादन गरेको औषधी न्युन गुणस्तरको पाइएपछि बिक्री वितरणमा प्रतिवन्ध लगाउनुका साथै अनुसन्धान भइरहेको विभागका महानिर्देशक नारायणप्रसाद ढकालले बताए । उनले बजार अनुगमनका क्रममा आर्या र युरोलाइफको पनि औषधी गुणस्तरहिन भेटिएको जानकारी दिए ।

विभागले विजयादिपको भीमेट ५०० मेटाफोमिन एचसीआई ट्यावलेटका ४ उत्पादनमा प्रतिवन्ध लगाएको छ । यस्तै एपेक्सको मधुमेट ५०० मेटाफोमिन एचसीआई ट्यावलेट, आर्याको पोलक्सिन एनजेड १५ न्युओम्यासिन सल्फेट एन्ड ब्याक्टेरियन जिंक गरी २ उत्पादन र युरोलाइफको रिगरल्याक्टे सोलुसन फर इन्जेक्सन आईपीमाथि प्रतिवन्ध लगाएको हो ।

गुणस्तरहिन औषधी बजारबाट तत्कालि फिर्ता लिनका लागि विभागले भनेको छ । विभागले अनुगमन गर्दा गुणस्तरहिन पाइएपछि बिक्रीवितरणमा प्रतिवन्ध लगाइएको हो ।