निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलले उद्योगीहरुको मागलाई सम्बोधन गर्न तयार रहेको बताउँदै आएका छन् । तर आन्दोलनरत उद्योगीहरुले भने पूर्ण रुपमा सम्झौता नभएसम्म फिर्ता नलिने अडान राख्दै आएका छन् ।
काठमाडौं । एलपी ग्यास उद्योग सङ्घ र नेपाल आयल निगमबीच भएको वार्ता निष्कर्षविहीन भएको छ । बुधबार भएको दुईपक्षीय वार्ता नमिलेपछि आफूहरुको आन्दोलन जारी रहेको एलपी ग्यास उद्योग सङ्घका अध्यक्ष गोकुल भण्डारीले जानकारी दिए ।
निगमसँगको वार्तामा आन्दोलन फिर्ता लिएर थप समयको माग गरेको अध्यक्ष भण्डारीले जानकारी दिए । उनले अहिले उठाउँदै आएको मागहरु ६ वर्षदेखिको भएकाले अब पर्खन नसक्ने जवाफ दिएको बताए । निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलले उद्योगीहरुको मागलाई सम्बोधन गर्न तयार रहेको बताउँदै आएका छन् । तर आन्दोलनरत उद्योगीहरुले भने पूर्ण रुपमा सम्झौता नभएसम्म फिर्ता नलिने अडान राख्दै आएका छन् ।
संघले १७ गतेदेखि एलपी ग्यासको पीडीओ खरिद नगर्ने, २२ गतेदेखि एलपी ग्यास आयात गर्ने सबै रिफाइनरीहरुबाट एलपी ग्यास लोडिङ पूर्ण रुपमा बन्द गर्ने, २५ देखि एलपी ग्यास लोड भएका बुलेटहरु सम्पूर्ण भन्सार नाकाबाट नछुटाउने र २८ गतेदेखि देशभरका सम्पूर्ण एलपी ग्यास उद्योगहरु पूर्ण रुपमा बन्द गर्ने कार्यक्रम सार्वजनिक गरेका छन् ।