यस वर्षको जुलाई २०१९ बाट यी कम्पनीले भारतमा सुरक्षा मापदण्ड जस्तै चालक साइड एयर ब्याग, एबीएस, स्पिड अलर्ट सिस्टम, सिट बेल्ट रिमाइन्डर र रियर सेन्सर पार्किङ आदि पूरा गरेका गाडी मात्र बिक्री गर्न पाइनेछन् । यी कारण पुराना फिचर बोकेका र यी सुरक्षा मापदण्ड र नयाँ अत्याधुनिक फिचर नभएका गाडी अब बिक्री हुने छैनन् ।
एजेन्सी । भारतको कार निर्माणको क्षेत्रमा प्रभावशाली कम्पनी टाटा मोटर्स, होन्डा, महिन्द्रा र अन्य कम्पनीका केही कार यस वर्षबाट एक्सपाएर हुँदै छन् । यस वर्षको जुलाई २०१९ बाट यी कम्पनीले भारतमा सुरक्षा मापदण्ड जस्तै चालक साइड एयर ब्याग, एबीएस, स्पिड अलर्ट सिस्टम, सिट बेल्ट रिमाइन्डर र रियर सेन्सर पार्किङ आदि पूरा गरेका गाडी मात्र बिक्री गर्न पाइनेछन् । यी कारण पुराना फिचर बोकेका र यी सुरक्षा मापदण्ड र नयाँ अत्याधुनिक फिचर नभएका गाडी अब बिक्री हुने छैनन् ।
यदि तपाई गाडी खरिद गर्दै हुनुहुन्छ भने तपाईले पनि यो अत्यावश्यक जानकारी थाहा पाउन आवश्यक छ । केही १० वटा गाडीका सूची छन्, जसलाई यो वर्ष भारतले आफ्नो बजारबाट अवकाश दिँदै छ ।
महिन्द्रा नुभो स्पोर्ट्स
महिन्द्रा नुभो स्पोर्ट्सको बिक्री केही समयदेखि भारतमा सन्तोषजनक रुपमा भइरहेको छैन । बजारमा यस मोडलकोे कारको डिजाइन सर्वस्वीकार्य नभएका कारण अगामी जुलाई २०१९ बाट यो भारतीय अटो बजारबाट विस्थापित हुँदै छ ।
मारुती सुजुकी ओम्नी
भारतको ठूलो कार निर्माणकर्ता कम्पनी मारुती सुजुकीको एकदमै चर्चित ओम्नी मिनिभ्यानले पनि यही जुलाईबाट आफ्नो यात्रा पूरा गर्दै छ । पहिलो पटक वर्ष १९८५ मा लन्च भएको यो कारले क्र्यास टेस्ट नर्ममा राम्रो प्रदर्शन गर्न नसकेका कारण यसले अवकाश लिँदै छ ।
टाटा न्यानो जेन एक्स
‘ड्रिम्स कम ट्रु’ भनेर कुनै समय चर्चामा आएको टाटा न्यायो जेन एक्सले पनि यो वर्षको जुलाईबाट बिक्रीका लागि ठाउँ पाउनेछैन । ६२४ सीसी पेट्रोल इन्जिन पावर भएको यो कार दुवै म्यानुएल र अटोमेटिक ट्रान्समिसन अप्सनमा पाउन सकिन्छ ।
टाटा सुमो गोल्ड
टाटा सुमो गोल्ड भारतीय बजारमा दुई दशकसम्म बिक्रीमा रह्यो । यो टाटा कम्पनीको पहिलो यात्रुवाहक गाडी हो । अहिले जब सुरक्षा मापदण्ड अत्यावश्यक रहनुका साथै बीएस भीआई प्रणाली प्रभावमा आयो, तब यो गाडी प्रभावहीन बन्न पुगेको छ ।
होन्डा ब्रिओ
होन्डा ब्रिओको निर्माण यसअघि नै रोकिइसकेको छ । र कम्पनीको सबैभन्दा खरिद गर्न सकिने यो मोडल आगामी जुलाईबाट हराउँदै छ । लामो समयदेखि यो मोडलले अपडेटेड फिचर प्राप्त गरिरहेको थिएन । र फिचर अभावकै कारण यो यसै वर्षबाट बजारमा विस्थापित हुँदै छ ।
मारुती सुजुकी जिप्सी
जिप्सीको बिक्री पनि यसैवर्षबाट मारुती सुजुकीले बन्द गर्दै छ । यो गाडीमा अब नयाँ सुरक्षा फिचरहरु थपिने छेनन् ।
फियाट पुन्टो
लामो समयदेखि आवश्यक महत्वपूर्ण फिचर नपाएका कारण यसको बिक्री सन्तोषजनक छैन । यसै कारण यो गाडी पनि यसै वर्षबाट बन्द हुँदै छ ।
फियाट लिनिया
पुन्टो जस्तै लिनियाको यात्रा पनि यसै वर्षबाट अन्त्य हुँदै छ । केही वर्षदेखि कमजोर बिक्री अवस्था रहेको यो गाडीमाथि नयाँ सुरक्षा फिचर अपडेट गर्दा पनि खासै फरक नपर्ने भएको कारण निर्माणकर्ताले यसलाई बन्द गर्दैछन् ।
महिन्द्रा जाइलो
महिन्द्रा जाइलो पनि त्यही अभागी मोडल हो, जसले लामो समयदेखि नयाँ अपडेटेड फिचर पाइरहेको छैन । यसकारण अब यो कारले भारतमा नयाँ क्र्यास टेस्टमा सहभागी पाउने छैन ।
महिन्द्रा भेरिटो
महिन्द्रा मेरिटोको बिक्री कम्पनीका लागि अहिले सन्तोषजनक छैन । यसकारण यसलाई अब अपडेट गर्नु बुद्धिमानी नहुने निर्माणकर्ता मान्छन् । यो कार आगामी जुलाईबाट भारतीय बजारबाट विस्थापित हँुदै छ ।