पौनै तीन करोड किलो चिया उत्पादन

झापामा ११ हजार ४ सय २३ हेक्टरमा , इलाममा ७ हजार ८ सय ५, पाँचथरमा १ हजार १ सय ३८, धनकुटामा ९ सय ४०, तेह्रथुममा ३ सय ३७ हेक्टरमा चिया खेती हुँदै आएको छ । ललितपुर, लमजुङ लगायतका अन्य जिल्लामा पनि चिया खेती विस्तार भैरहेको छ । मुलुक भर २७ हजार ६ सय ८८ हेक्टरमा चिया खेती गरिएको छ । गत वर्ष करिब तीन अर्ब रुपैयाँको चिया निर्यात भएको थियो ।

चिया खेतीमा बढ्दो आकर्षणले हरेक वर्ष चियाको उत्पादन बढ्दै गएको छ । अनुकुल मौसम र चिया बगान विस्तारसँगै यो वर्ष उत्पादन बढ्ने भएको छ ।
चालु आर्थिक वर्ष ०७४÷०७५मा चिया उत्पादन पौने तीन करोड किलो उत्पादन हुने चिया तथा कफी विकास बोर्डले जनाएको छ । गत वर्ष भन्दा करिब १३ प्रतिशत चिया उत्पादन बढ्ने प्रक्षेपण गरिएको चिया तथा कफी विकास बोर्डका कार्यकारी निर्देशक शेषकान्त गौतमले बताए । गत वर्षको तुलनामा १३ प्रतिशत वृद्धि हुँदा दुई करोड ७३ लाख किलो पुग्ने बोर्डको प्रक्षेपण छ ।

आर्थिक वर्ष ०७३ ÷७४मा दुई करोड ४२ लाख किलो चिया उत्पादन भएको बोर्डले जनाएको छ । गत वर्ष एक करोड ८४ लाख किलो सिटीसी र ५८ लाख किलो अर्थोडक्स चिया उत्पादन भएको थियो । नेपालको तराईमा २७ वटा सिटीसी चिया प्रशोधन केन्द्र, पहाडी क्षेत्रमा २८ वटा मझौला तथा ठूलो अर्थोडक्स चिया प्रशोधन केन्द्र सञ्चालनमा रहेको बोर्डले जनाएको छ ।
चियाको अन्तर्राष्ट्रिय बजारमा माग बढेसँगै किसान पनि चिया खेतीमा आकर्षित छन् । नेपालको ६० प्रंतिशत सिटिसी चिया र ९० प्रतिशत अर्थोडक्स चिया अन्तर्राष्ट्रिय बजारमा निर्यात हुन्छ । अधिकांश सिटिसी चिया भारत हुँदै अन्तर्राष्ट्रिय बजारमा जान्छ । अर्थोडेक्स चिया नेपाली उद्योगी सिधै अन्तर्राष्ट्रिय बजारमा बिक्री गर्छन् ।

अर्थोडक्स चिया भारत सहित अमेरिका, फ्रान्स, जर्मन लगायतका मूलुकमा निर्यात हुन्छ । सिटिसी किलोको २ सय ७० रुपैयाँ देखि ४ सय रुपैयाँसम्म र अर्थोडक्स प्रतिकिलो ६ सयदेखि १५ हजार रुपैयाँसम्म बिक्री गर्ने व्यापारी बताउँछन् ।
अर्थोडक्स चिया उत्पादनको करिब ८८ प्रतिशत निर्यात हुने गरेको छ । अर्गानिक चियाको माग विश्वबजारमा उच्च रहेको गौतमले बताए । अर्थोडक्स चिया इलाम, पाँचथर, धनकुटालगायतका क्षेत्रमा अर्थोडक्स चिया उत्पादन हुने गरेको छ ।

झापामा ११ हजार ४ सय २३ हेक्टरमा , इलाममा ७ हजार ८ सय ५, पाँचथरमा १ हजार १ सय ३८, धनकुटामा ९ सय ४०, तेह्रथुममा ३ सय ३७ हेक्टरमा चिया खेती हुँदै आएको छ । ललितपुर, लमजुङ लगायतका अन्य जिल्लामा पनि चिया खेती विस्तार भैरहेको छ । मुलुक भर २७ हजार ६ सय ८८ हेक्टरमा चिया खेती गरिएको छ । गत वर्ष करिब तीन अर्ब रुपैयाँको चिया निर्यात भएको थियो ।

चिया रोपेको तीन वर्षमानै उत्पादन दिन्छ । करिब हजार मिटर तलको उचाइमा यसको खेती हुँदै आएको छ । बोर्डका अनुसार अहिले १८ हजार किसानले खेती गरिरहेको छन् । चिया कात्तिक–मंसिर र फागुन–चैतमा टिप्ने गरिन्छ । चियाको सार्वजनिक खरिद—बिक्री हुने स्थान ‘अक्सन’ स्थापना नहुँदा यहाँ उत्पादन भएको कफी अन्तर्राष्ट्रिय बजारमा किनबेचमा अझै कठिनाइ भएको छ ।