चन्द्रागिरि केबलकार र टर्किस एयरलाइन्सबीच सम्झौता

चन्द्रागिरि हिल्स लिमिटेडले प्रवद्र्धन गरेको चन्द्रागिरि केबलकार र टर्किस एयरलाइन्सबीच टिकट खरिदमा छुट लिनेदिनेसम्बन्धी सम्झौता भएको छ । सम्झौतापत्रमा चन्द्रागिरि हिल्स लिमिटेडका तर्फबाट महाप्रबन्धक अभिषेकविक्रम शाह र टर्किस एयरलाइन्सका तर्फबाट महाप्रबन्धक अब्दुल्हा तुन्सेर केसेचीले हस्ताक्षर गरेका छन् ।

सम्झौताअनुसार चन्द्रागिरि हिल्स लिमिटेड र टर्किस एयरलाइन्समा कार्यरत कर्मचारी र यात्रुले दुवैतर्फको टिकट खरिदमा छुट पाउने व्यवस्था मिलाइएको छ । कर्मचारीका हकमा दुवैतर्फको टिकट खरिदमा कम्पनीले जारी गरेको परिचयपत्र र यात्रुको हकमा यात्रा अवधिको बोर्डिङ पास र टिकट देखाउनुपर्नेछ ।

सन् १९३३ मा स्थापित टर्किस एयरलाइन्ससँग अहिले २ सय ५१ अन्तर्र्राष्ट्रिय र ४९ आन्तरिक उडान गर्ने जहाज छन् । यसले विश्वका ३ सय गन्तव्यमा नियमित उडान गर्दै आएको छ ।

ऐतिहासिक, सांस्कृतिक तथा प्राकृतिक महङ्ख बोकेको चन्द्रागिरि डाँडामा चन्द्रागिरि हिल्स लिमिटेडले भालेश्वर महादेव मन्दिर, सत्तल, भ्यू टावर, चिल्ड्रेन पार्क, सेमिनार हललगायत पूर्वाधार निर्माण गरेर चन्द्रागिरि डाँडालाई एकीकृत पर्यटकीय गन्तव्यका रुपमा विकास गरिरहेको छ ।